नागरिक पोष्ट News


साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक वृद्धि भएर बन्द भएको छ

1.5K

काडमाडौं, ५ चैत । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेप्से परिसूचक वृद्धि भएर बन्द भएको छ । आज नेप्से परिसूचक ४२.९५ अंकले वृद्धि भई २४७५.०९ विन्दुमा रोकिएको छ ।

आज नेप्से परिसूचक वृद्धि भएको भएपनि कारोबार रकम भने वृद्धि हुन सकेन् । कुनै समय १० अर्ब रुपैयाँसम्मको शेयर कारोबार भएकोमा पछिल्ला दिनहरुमा ५ अर्बभन्दा बढीको कारोबार हुन सकेको छैन् । आज पनि ४ अर्ब ६६ कारोड रुपैयाँको शेयर खरिद विक्री भएको छ । बिहीबार २१३ कम्पनीको १ करोड १६ लाख ५७ हजार ९७५ कित्ता शेयर खरिद विक्री भएको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये उद्योग समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक बढेको छ । उद्योग समूहको परिसूचक १.०६ प्रतिशतले घटेको छ । त्यस्तै आज सर्वाधिक परिसूचक वृद्धि होटल तथा पर्यटन समूहको भएको छ । यो समूहको परिसूचक ४.१ प्रतिशतले वृद्धि भएको छ ।

आज युनाइटेड ईदी मार्दी आरबी हाइड्रोपावर लिमिटेड र ग्रीनलाईफ हाईड्रोपावर लिमिटेडको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । यी कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै चन्द्रागिरि हिल्सको शेयर मूल्य पनि ९.९६ प्रतिशतले वृद्धि भएको छ । आज चन्द्रागिरि हिल्सको शेयर मूल्य १ हजार २९२ रुपैयाँ कायम भएको छ ।

सर्वाधिक मूल्यको शेयर खदिर विक्री नेपाल बंगलादेश बैंकको भएको छ । यो बैंकको ७६ करोड ७६ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको हो । आज नेपाल बंगलादेश बैंक नविल बैंकसँग मर्जका लागि छलफलमा जुटेको भन्ने बजारमा हल्ला चलाएर बढी शेयर विक्री गराईएको देखिन्छ ।

Must View