नागरिक पोष्ट News


नेपाल डेमोक्रेट युनियन ६२औं टिबेटन अपराइजिङ डे का अवसरमा संयुक्त राष्ट्र संघ समक्ष प्रस्तुत स्मरणपत्र (मेमोरेण्डम

1.4K

प्रेस विज्ञप्ति ‐--------‐--------------------------------- नेपाल डेमोक्रेट युनियन ६२औं टिबेटन अपराइजिङ डे का अवसरमा संयुक्त राष्ट्र संघ समक्ष प्रस्तुत स्मरणपत्र (मेमोरेण्डम) । --‐‐------‐-------------------------------- कम्युनिस्ट चीनको तिब्बतमाथिको अतिक्रमण विरुद्ध, स्वतन्त्रता र प्रजातन्त्रको पक्षमा तिब्बती जनताले ६२ वर्षदेखि गरिरहेको संघर्षलाई अभिवादन गर्दै नेपालका प्रजातान्त्रिक पार्टीहरुको अलायन्स ‘नेपाल डेमोक्रेट युनियन’ ६२ औं टिबेटन अपराइजिङ डे का अवसरमा समस्त तिब्बती जनताप्रति शुभकामना व्यक्त गर्दछ । तिब्बत मुक्ति आन्दोलन कम्युनिस्ट चीनको पञ्जाबाट मुक्त हुन चाहने तिब्बती जनताको आन्दोलन मात्र नभएर न्याय, स्वतन्त्रता, मानव अधिकार र प्रजातन्त्रप्रेमी समस्त विश्वसमुदायको आन्दोलनकै एक अंग हो । नेपाल डेमोक्रेट युनियन विश्वभरका प्रजातन्त्रप्रेमी जनता र सरकारका साथै नेपाली जनताको तर्फबाट तिब्बत मुक्ति आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दछ । साथै तिब्बतमाथिको अतिक्रमण तत्काल फिर्ता लिई तिब्बती जनताको स्वतन्त्रता र प्रजातन्त्रको सम्मान गर्न कम्युनिस्ट चीनलाई जोडदार अपील गर्दछ । अन्यथा विश्व समुदायबाट बहिष्कृत हुने र आफ्नो पतनको दिनगन्ती शुरु गर्नुपर्ने दिन कम्युनिस्ट चीनले चाँडै देख्नुपर्ने चेतावनी दिन चाहन्छ । तिब्बती जनताको स्वतन्त्रता र प्रजातन्त्रको अदम्य चाहनाको लागि विश्वभर छरिएर पनि तिब्बत मुक्ति आन्दोलनमा एक ढिक्का भएर लागेका समस्त तिब्बती जनतालाई अभिवादन गर्दै नेपाल डेमोक्रेट युनियन आफूलाई प्रजातांत्रिक मान्ने सबै पार्टी र नेताहरुलाई तिब्बत मुक्ति आन्दोलनका पक्षमा सहयोग तथा समर्थन गर्न समेत आग्रह गर्दछ । यसै क्रममा, विश्वमा शान्ति, स्वतन्त्रता, मानवअधिकार र प्रजातन्त्रको संरक्षण–संवर्धनको जिम्मेवारी बोकेको संयुक्त राष्ट्र संघले तिब्बती जनताको स्वतन्त्रता, मानव अधिकार र प्रजातन्त्रको प्रत्याभूतिका निम्ती आवश्यक कदम चालोस् र तिब्बतलाई कम्युनिस्ट चीनको सर्वसत्तावादी कब्जाबाट मुक्ति दिलाउने वातावरण तयार गरोस् भन्ने विशेष आग्रहका साथ नेपाल डेमोक्रेट युनियन यो स्मरणपत्र (मेमोरेण्डम) प्रस्तुत गर्दछ । भवदीय, ................... (सिद्धार्थ गौतम) (संयोजक) मिति: १० मार्च, २०२१

Must View