नागरिक पोष्ट News


चलचित्र 'ए' को छायाङ्कन सुरु

1.3K

काठमान्डौं । चलचित्र 'ए' को छायाङ्कन सुरु भएको छ । विलभ्ड इन्भेस्टमेन्ट प्राविको ब्यानरमा निर्माण हुन लागेको सस्पेन्स् र थ्रिलर चलचित्र 'ए' को शुभ मुर्हत गरेर छायाङ्कन सुरु भएको छ । आज बिहान कलाकार रवि गिरीले मुर्हत टेक दिएर सुरु भएको चलचित्रको छायाङ्कन भने काठमान्डौं, बनेपा र सागाँमा हुने निर्माण टिमले जानकारी दिएको छ ।यस चलचित्रको मुख्य भूमिकामा प्रमोद अग्रहरी, सहित मानन्धर, छोल्टिम गुरुङ, रिस्ता बस्नेत र रवि गिरी रहेका छन् भने अन्य कलाकारमा प्रवीण खतिवडा, सि.एम भारद्वाज, बिकेश प्रजापति, सुरज विष्ट, समीक्षा क्षेत्री, अजित रेग्मी, विपिन कार्की र गीता विष्ट छन् भने बाल कलाकारमा जसिका घिमिरे, अभिमान सिंह बस्नेत, प्रतीक भुजेल र रुपेस थापा रहेका छन् ।

यो चलचित्रको पटकथा तथा संवाद भने भोमन कटुवाल र आकाश उखेडाको रहेको छ । चलचित्रको छायाँकन मोहन कुमार झिल्लुले गर्ने भएका हुन् भने सम्पादनमा अनिल कुमार महर्जनको रहेको छ ।

यस चलचित्रको निर्देशन भने भोमन कटुवालले कटुवालले गर्दै छन् चलचित्रमा प्रलाद काफ्लेको लगानी रहेको छ ।

Must View