नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक साढे २ अंकले बढेको छ
1.3K
काठमाडौं । मंगलबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक साढे २ अंकले बढेको छ । लगातार घट्दै आएको नेप्से मंगलबार करेक्सन भएर २.५६ अंकले बढेको हो । पछिल्लो समय राजनीतिक गतिविधि सकारात्मक बन्दै गएपछि नेप्सेमा लगानकिर्ता उत्साहित बनेका हुन् ।
मंगलबार नेप्से थोरै अंकले बढेको भएपनि कारोबार रकम भने घटेको छ । मंगलबार नेप्सेमा २१६ कम्पनीको ९० लाख १२ हजार ८५३ कित्ता सेयर ४६ हजार ५४६ पटक किनबेच हुँदा ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार ३९९ रुपैयाँको कारोबार भएको छ । मंगलबार कारोबार रकम घटेको भएपनि २३९१.४७ अंकमा बन्द भएको छ ।मंगलबार सर्वाधिक जीवन बीमा समूहका लगानीकर्ताले २३०.२९ अंकले कमाए भने सर्वाधिक गुमाउनेमा निर्जीवन बीमा समूहका लगानीकर्ताले ६२.५ अंकले गुमाए ।