नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा दलको नेतामा दिनानाथ शर्मालाई नै निरन्तता दिने निर्णय
1.1K
काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा दलको नेतामा दिनानाथ शर्मालाई नै निरन्तता दिने निर्णय गरेको छ ।
पुन:स्थापनापछि माओवादी केन्द्रको सिंहदरबारमा पहिलोपटक बसेको संसदीय दल बैठकले शर्मालाई दलको नेतामा निरन्तता दिने निर्णय गरेको हो । उनी नेकपाको पनि दलको नेता थिए ।
त्यस्तै बैठकले संसदीय दलको विधान मस्यौदाका लागि तीन सदस्यीय कार्यदल बनाएको सांसद रेखा शर्माले जानकारी दिइन । कार्यदलमा देव गुरुङ, रामनारायण बिडारी र रेखा शर्मा छन् ।
बैठकले माओवादीका तर्फबाट सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने निर्णयसमेत गरेको छ ।