नागरिक पोष्ट News


गायक शैलेस कुमार मिश्रको "मुटु मात्र साथमा छ" गीतको भिडियो सार्वजनिक ।

5.9K

नेपाली आधुनिक गीत "मुटु मात्र साथमा छ" को म्युजिक भिडियो मार्फत गायक शैलेस कुमार मिश्र नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गर्नु भएको छ । आफूमा रहेको अन्तर निहित गायन कलालाई दर्शक स्रोता माझ लिएर आउनु भएका गायक मिश्र जागिरे ब्यस्त जीवनको बावजुद पनि गायन कलालाई शोखको रूपमा लिनुहुन्छ । अर्को नयाँ रोमान्टिक गीतको तयारीमा रहनुभएको गायक शैलेस कुमार मिश्रको "मुटु मात्र साथमा छ" मा स्वयंको स्वर, संगीतकार मनोज चौलागाईको संगीत तथा संगीत संयोजन र गीतकार चन्द्र लाल तामाङको शब्द रहेको छ । Youtube channel "Focus creation" मार्फत बजारमा ल्याएको यो भिडियोमा विष्णु जिसीको निर्देशन तथा सम्पादन रहेको छ भने भिडियो ग्राफी सचिन श्रेष्ठको रहेको छ । भिडियोमा रन्जन साह,रूपा मैनाली, डोल्मा तामाङ विकास खिलुङ आदिको अभिनय देख्न पाइन्छ ।

Must View