नागरिक पोष्ट News


तारकेश्वर १० को मानसिंह धर्म माध्यमिक विद्यालयमा बागमती प्रदेस सरकारको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सञ्चालन

1.9K

२५ फागुन, काठमाडौं । तारकेश्वर १० को मानसिंह धर्म माध्यमिक विद्यालयमा बागमती प्रदेस सरकारको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सञ्चालनमा आएको छ । विद्यालयका प्रधानाध्यापक नारायण जंग थापाकाअनुसार एक महिना अघिदेखि नै नर्स आइसकेको हुँदा स्वास्थ्य सामाग्री र औषधिको व्यवस्थापन गर्ने काम अझै केही बाँकी रहेको बताउनुभएको छ ।

पिसिएल नर्सिङ अध्ययन सम्पन्न गरेकी रविना डंगोल बागमती प्रदेस सरकारको नियुक्तिमा मानसिंहमा आएकी हुन् । रविनाकाअनुसार दैनिक ५ देखि २० जनासम्म विद्यार्थीहरु नर्सिङ कक्षमा आउने गरेका छन् । धेरैजसो विद्यार्थीहरु टाउको दुख्ने समस्या र घाउ चोटपटक लागेर आउने गरेका छन् । रुघाखोकी र ज्वरो आएका विद्यार्थीहरु पनि नर्सिङ सेवा लिन आउँछन् ।

नर्सिङ सेवा कार्यक्रमले विद्यालयमा प्रवर्धनात्मक, प्रतिकारात्मक र उपचारात्मक स्वास्थ्य सेवा दिने । विद्यार्थीहरुलाई पोषिलो खाना तथा सरसफाईबारे सचेत गराउने र पत्रुखाद्य खान निरुत्साहित गर्ने । यौन तथा प्रजनन्, मानसिक मुख तथा दाँत र आँखाको स्वास्थ्य जस्ता विषयमा परामर्स गरी स्वास्थ्य परिक्षण गरि विद्यार्थीहरुको स्वास्थ्य सुधारमा सहयोग गर्ने । विद्यार्थीहरुको परिवार एंव समुदायलाई स्वस्थ बनाउन सचेतना गराउने । सर्ने तथा नसर्ने रोगहरुको जनचेतनामुलक सन्देश सहितको कार्यक्रम सञ्चालन गर्ने । विद्यालय स्वास्थ्यका कार्यक्रमहरु सञ्चालन गर्ने । जस्ता कार्यक्रमहरु रहेका छन् ।

मानसिंह विद्यालयमा नर्सिङ सेवा दिन सुरु गरेकाले अहिले धेरैजसो अभिभावकहरु विद्यालयको प्रगति भएकोमा खुशी व्यक्त गर्दछन् । अझै विद्यालयमा सरसफाई र अनुशासित वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्न सके मानसिंह विद्यालयमा विद्यार्थी संख्या थपिँदै जाने देखिन्छ । अहिले पनि एक हजार भन्दा बढि विद्यार्थीहरु अध्ययनत छन् । कक्षा १ देखि १२ कक्षासम्म पढाई हुने मानसिंहमा १५०० भन्दा बढि विद्यार्थी अध्ययन गर्न सकिन्छ ।

Must View