नागरिक पोष्ट News


महिलालाई सम्मान ,इज्जतको साथसाथै आत्मानिर्भर बनाउँ भन्दै गैर आवासीय नेपाली महिला संघ वेमनले  शुरु गर्यो दुई हप्ते बारिष्ता तालिम

2K

गैर आवासीय नेपाली महिला संघ वेमन कोअर्डिनेटर भोमा लिम्बुको पहलमा बारिस्ता तालिम शुरु भएको छ । १० जना सहभागी रहेको उक्त तालिम १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजना गरेको आयोजकले जनाएको छ । एनआरएनएका उपाध्यक्ष सोनाम लामा र सचिव गौरी जोशीको आर्थिक सहयोगमा काठमाडौँस्थित क्याफे इपिकमा तालिम शुरु भएको हो । महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले दुइ हप्ते तालिम सुरु गरिएको कोअर्डिनेटर लिम्बुले जानकारी दिइन् । तालिममा सहभागी ९ जिल्लाका बेरोजगार एकल महिला, सुकुम्वासी बस्तीका महिला, बिद्यार्थीहरु सहभागी भएका छन् । तालिमपश्चात् रोजगारको व्यवस्था मिलाइदिने क्याफेका सञ्चालिका शर्मिला लामाले बताइन् । साथै कार्यक्रममा बरिष्ठ समाजसेवी राजेश्वरी श्रेष्ठ लगायत को उपस्थित थियो ।

Must View