नागरिक पोष्ट News


तारकेश्वर नगरपालिकाले मनायो १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अन्तक्रिया तथा सामुहिक गायन प्रतियोगिता सम्पन्न

1.4K

२४ फागुन, काठमाडौं । तारकेश्वर नगरपालिकाले आज १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । तारकेश्वर ११ को नेपालटारको कान्तीपुर पार्टी प्यालेसमा आज एक कार्यक्रमको आयोजना गरेको छ । आजको कार्यक्रममा महिला हिंसा न्यूनिकरण गर्ने सम्बन्धमा र महिलाको पनि सम्पत्तिमा समान हक अधिकार भन्ने विषयमा कानुन व्यवसायी विष्णु वस्यालले आफ्नो मन्तव्य राख्दै अमेरिकाको न्यूयोर्कबाट १९१० बाट महिला दिवस मनाउन सुरु गरेको बताउनुभयो ।

 

त्यस्तै कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय शाखाका उपप्रमुख सरिता दाहालले अधिकार प्राप्त गरेसँगै महिलाले आफ्नो जिम्मेवारीलाई वहन गदै अगाडी बढ्न आवश्यक रहेको धारण व्यक्त गर्नु भयो । विभिन्न काल खण्डका साहासी नारीहरुको त्यागका कारण आजका नारीहरुको अधिकार र पद ३३ प्रतिशत सुनिश्चित भएकोमा अग्रजको सम्मान गदै अब ५० प्रतिशत वा बराबरी बनाउन सकेमात्र नारीको हक र अधिकारको सुनिश्चित भएको मान्न सकिने उपप्रमुख  दाहालको भनाई छ ।

कार्यक्रममा उपस्थित अन्य अतिथिहरुले महिला हिंसाको अन्त्य नभएसम्म नेपाली समाज सभ्य र सुरक्षित बन्न नसक्ने धारण व्यक्त उनिहरुले पैतृक सम्पत्ति माथिको समान अधिकारलाई जीवन व्यवहारमा कार्यान्वयन गदै घरेलु कामलाई आर्थिक उत्पादनको काममा गणना गर्ने र संविधानले दिएको अधिकारलाई सरकारले कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

तारकेश्वर नगरपालिका वडा नम्बर ४का वडा सदस्य विन्दु थापाले उद्घोषण गर्नु भएको उक्त कार्यक्रममा नगरपालिकाका सात वटा वडाले सामुहिक गायन प्रतियोगितामा भाग लिएका थिए। सहभागीमध्ये वडा नम्बर ५ बाट प्रतिनिधित्व गरेको समुह प्रथम , वडा नम्बर ४ द्धतिय र वडा नम्बर ८ बाट प्रतिनिधित्व गरेको समुहले तृतिय स्थान प्राप्त गर्न सफल भएका थिए । कार्यक्रममा सोहि नगरपालिकाका जनप्रतिनिधिहरु,स्वास्थ्य स्वयंसेविकाहरु, सबै वडाका महिला समुहहरु , विभिन्न संघसंस्थाहरुका महिला प्रतिनिधिहरु , बालाजु प्रहरीवृत्तका प्रहरीनिरिक्षक , नगरपालिकाका कार्यकारी अधिकृत , नगर स्वास्थ्य शाखाका प्रमुख लगायत नगरबासी महिलादिदीबहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

 

 

Must View