नागरिक पोष्ट News


“राष्ट्रिय नारी मानार्थ सम्मान २०७७” द्वारा सामज सेवी शोभा घिमिरे सम्मानित

3K

काठमाडौं । १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा राष्ट्रिय नागरिक बिकास समाज द्वारा शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा बिशेश कार्यक्रम गरि भब्य रूपमा मनाएको छ।संस्थाका अध्यक्ष महेश जगं कुवँर को सभापति र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननिय जुलीकुमारी महतो प्रमुख अतिथि साथै जेष्ठ नागरिक कोषका सभापती एवं राष्ट्रिय प्रेस क्लवका सभापती रामकृष्ण कर्मचार्य बिशिस्ट अतिथि सम्पन्न भएको थियोे ।बिगत ११ बर्ष देखि नारी दिवसको अवसर पारी बिभिन्न कार्यक्रम गर्दै आएको संस्थाले समाजमा बिभिन्न क्षेत्रमा योगदान दिदै आएका बिशिष्ठ महिला हरुलाई सम्मान गरेको छ।कार्यक्रममा “राष्ट्रिय नारी मानार्थ सम्मान २०७७” ले राष्ट्रिय स्तरमा ख्याती प्राप्त महिलाहरूलाई सम्मान गरेको हो। बरिष्ठ सञ्चारकर्मी बिमला भण्डारी कुवँर,धार्मिक व्यक्तित्व एवं सामाजिक अभियान्ता आनी भिमसुवा गुरुगं , सामाजिक अभियान्ता एवं महिला नेतृ शोभा घिमीरे कार्की, पारु गुरुगं ,वरिष्ठ शिक्षा सेवी तथा समाजसेवी कुमुद छतकुली भटट् ,सरु बानियाँ, शोभा पाठक, लगायत देशै भरिबाट १७ जना महिलालाई सम्मान गरेको हो।

राष्ट्रिय नागरिक बिकास समाज द्वारा सामज सेवि तथा महिला उद्यमी शोभा घिमिरे सम्मानित भएकी हुन् । बर्तमान समयमा उनी समाज सेवा तथा महिला दिदीबहिनीहरुलाई अगाडि बढाउने काममा निकै खटिएकि छिन भने उनि आफुलाइ सामाजिक काममा सधै अग्रसर रुपमा देखाउन चाहन्छिन।

महिला तथा बालबालिका हरुको संरक्षण साथै सामाजिक कार्यहरुमा अग्रसर रहने सामाजिक अभियन्ता शोभा घिमिरे भन्छिन ‘नारी नेपालमा संविधान र कानुनले महिला हिंसा नियन्त्रण सम्बन्धि धेरै ब्यबस्था गरेको छ तर प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा हिंसा न्यूनीकरणमा कठिनाई भएको छ। पछिल्लो समय नारी हिँसा नेपालमा ह्वात्तै बढेको र यसको निराकरण गर्ने कुनै तत्व न भएको भन्दै तत्काल नारीलाई सम्मानको भावनाले हेर्न राज्यलाई समेत अनुरोध गरेकी छिन भने नारी सक्ति हुन् भनेर चिनाउन पर्ने जानकारी दिएकी छिन।

Must View