नागरिक पोष्ट News


“राष्ट्रिय नारी मानार्थ सम्मान २०७७” बाट पारु गुरुगं ज्यु सम्मानित

1.8K

 

काठमाडौं । १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा राष्ट्रिय नागरिक बिकास समाज द्वारा शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा बिशेश कार्यक्रम गरि भब्य रूपमा मनाएको छ।संस्थाका अध्यक्ष महेश जगं कुवँर को सभापति र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननिय जुलीकुमारी महतो प्रमुख अतिथि साथै जेष्ठ नागरिक कोषका सभापती एवं राष्ट्रिय प्रेस क्लवका सभापती रामकृष्ण कर्मचार्य बिशिस्ट अतिथि सम्पन्न भएको थियोे ।बिगत ११ बर्ष देखि नारी दिवसको अवसर पारी बिभिन्न कार्यक्रम गर्दै आएको संस्थाले समाजमा बिभिन्न क्षेत्रमा योगदान दिदै आएका बिशिष्ठ महिला हरुलाई सम्मान गरेको छ।कार्यक्रममा “राष्ट्रिय नारी मानार्थ सम्मान २०७७” ले राष्ट्रिय स्तरमा ख्याती प्राप्त महिलाहरूलाई सम्मान गरेको हो। बरिष्ठ सञ्चारकर्मी बिमला भण्डारी कुवँर,धार्मिक व्यक्तित्व एवं सामाजिक अभियान्ता आनी भिमसुवा गुरुगं , सामाजिक अभियान्ता एवं महिला नेतृ शोभा घिमीरे कार्की, पारु गुरुगं ,वरिष्ठ शिक्षा सेवी तथा समाजसेवी कुमुद छतकुली भटट् ,सरु बानियाँ, शोभा पाठक, लगायत देशै भरिबाट १७ जना महिलालाई सम्मान गरेको हो।

कार्यक्रममा “राष्ट्रिय नारी मानार्थ सम्मान २०७७” बाट पारु गुरुगं ज्यु सम्मानित भएकी छिन। पछिल्लो समय गुरुगं समाजसेवामा निकै खटिएकि छिन भने उनि आफुलाइ सामाजिक काममा सधै अग्रसर रुपमा देखाउन चाहन्छिन। पारुको सामाजिक काम अन्य भन्दा भिनन छ उनी विशेष गरि बन्य जन्तु संरक्षण तथा बाटोमा भएका कुकुरहरुको स्याहारमा पारु गुरुगं निरन्तर लागी परिरहेकी छन् । उनले लकडाउनको समयमा पनि धेरै बन्य जन्तु बाँदर लगायत कुकुरहरुलाई निरन्तर रुपामा खानाहरु खुवाउने काम गरेकी थिइन् । उनी भन्छिन ‘नारी नेपालमा संविधान र कानुनले महिला हिंसा नियन्त्रण सम्बन्धि धेरै ब्यबस्था गरेको छ तर प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा हिंसा न्यूनीकरणमा कठिनाई भएको छ।’

Must View