नागरिक पोष्ट News


सुरिक्षत र सम्मानित महिनावरी सम्बन्धि जनचेतना मुलक कार्यक्रम २०७७ सम्पन्न

3.2K

- शर्मिला विश्वकर्मा

काठमाण्डौं,  १११ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा काठमाण्डौंको जोरपाटीमा " सुरिक्षत र सम्मानित महिनावरी सम्बन्धि जनचेतना मुलक" कार्यक्रमको आयोजना गरियो । किशोरीहरुका दिन नेपाल र अक्टीमिस्ट क्लब अफ काठमाण्डौंको आयोजना तथा मेरुदण्ड पक्षाघात खेलकुद संघ र नेपाल नारीको सहकार्यमा सम्पन्न भएको सो कार्यक्रममा आयोजक संस्था किशोरीहरुका दिन नेपालकी राष्ट्रिय निर्देशक माया खाइतुले महिनाबारीको विषयमा जानकारी गराउदै यो समयमा शरीर सफा राख्नु पर्ने जानकारी दिनु भएको थियो । यसै क्रममा उहाँले महिनावारीका क्रममा विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरु र विशेष गरी ह्वीलचियर प्रयोगकर्ता अपाङ्गता भएका महिलाहरुले विशेष सरसफाईमा ध्यान दिनु पर्ने बताउनु भयो ।

त्यसै गरी नेपाल नारीकै रेजिना राउतले महिनावारी हुदा प्रयोग गर्ने पेण्टी तथा अन्य सुरक्षित रहने सामाग्रीहरु प्रयोग गर्ने तरिकाको बारेमा जानकारी दिनु भएको थियो । सो कार्यक्रममा मेरुदण्ड पक्षाघात खेलकुद संघकी उपाध्यक्ष देवी आचार्यले यो सुरिक्षत र सम्मानित महिनावरी सम्बन्धि जनचेतना मुलक कार्यक्रम ह्वीलचियर प्रयोगकर्ता अपाङ्गता भएका महिलाहरुका लागि अति नै उवयोगी रहेको र यस कार्यक्रमबाट महिनाबारीका विषयमा धेरै कुराहरु जानकारी भएको बताउदै यस कार्यक्रमको आयोजना गरिदनु भएकोमा आयोजक संस्थालाई धन्यवाद पनि दिनु भयो ।

उक्त कार्यक्रममा नारी नेपाल संस्थाबाट ५० जना ह्वीलिचयर प्रयोगकर्ता अपाङ्गता भथा अन्य शारीरिक अपाङ्गता भएका महिलाहरुलाई महिनाबारीका समयमा प्रयोग गर्न सहज हुने पेण्टी नि:शुल्क वितरण गर्नु भएको थियो ।

Must View