नागरिक पोष्ट News


रुबिनाले जितिन् १४औँ संस्करणको बिग बोसको उपाधि

2.1K

काठमाडौं । रियालिटी शो बिग बोसको १४औं संस्करणको उपाधि रुबिना दिलैकले जितेकी छन् ।

१४० दिनसम्म लगातार चलेको यसपालिको सिजनमा राखी सावन्त, राहुल वैद्य, अलि गोनी र निक्की तम्बोलीलाई फिनालेमा पराजित गर्दै रुबिना विजेता भएकी हुन् ।

जितसँगै रुबिनाले ३४ लाख भारु नगद प्राप्त गरेकी छन्। रुबिनासँगै राहुल वैद्य बिग बोसको फर्स्ट रनर अप बनेका छन् । रुबिना यसअघि टिभी सिरियल छोटी बहु की चर्चित अभिनेत्री थिइन्।

यस्तै निशान्त सिंह मलकानी, राखी सावन्त, जस्मिन भसीन, सारा गुरपाल, पवित्रा पुनिया, जान कुमार सानु, शहज़ाद देओल, निक्की तंबोली र एजाज खान समेत बिग बोसमा थिए ।

बिग बोसको अघिल्लो सिजन भने सिद्धार्थ शुक्लाले जितेका थिए ।

Must View