नागरिक पोष्ट News


लघुवित्तका सदस्यलाई क्यूआर कोडसहितको परिचयपत्र वितरण

2K

छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहकहरुलाई क्यूआर कोर्ड मार्फत कर्जा भुक्तानी, बचत तथा किस्ता बुझाउन मिल्ने कार्यक्रमको सुरुवात गरेको छ । सो कार्यक्रमको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोर्ड सहितको ग्राहक परिचयपत्र वितरण गरेर सुभारम्भ गर्नुभयो । लघुवित्त क्षेत्रमा प्रविधिको यो प्रयोग नौलो हो । उक्त कार्डबाट किस्ता तथा बचत तिर्ने ब्यवस्था गरिएको छ । सोही कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरताको लागि प्रविधि मैत्री घुम्ती बस सेवा शुभारम्भको उद्घाटन गर्नुभयो । घुम्ती बसबाट वित्तीय साक्षरता संचालन गर्न सजिलो हुनेभएकोले वित्तीय साक्षरताका लागि उक्त बस संचालन गरिने छिमेक लघुवित्त वित्तीय संस्थाले जनाएको छ । उक्त वित्तीय संस्थाले २०५८ साल देखि नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको ईजाजतपत्र प्राप्त गरी नेपालका ६७ वटा जिल्लामा १३७ वटा शाखा तथा ६० वटा डिजिटल प्वाईन्ट कार्यालयहरु मार्फत करिव ३ लाख ८० हजार भन्दा बढी विपन्न परिवारमा लघुवित्त सेवा पु¥याउँदै आएको छ । सो वित्तीय संस्थाले आफ्ना ग्राहकहरुको लागि क्यूआर कोर्ड सहितको परिचयपत्र उपलब्ध गराउने र सो परिचयपत्र मार्फत आफ्नो किस्ता र बचत रकम तिर्न सकिने व्यवस्था गरेको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एकअर्कामा सोधेर नजानेको कुरा सिकेर आम नेपाली नागरिकलाई डिजिटल बैंकिङमा प्रवेश गर्न आग्रह गर्नुभएको छ । उहाँले गाउँगाउँसम्म डिजिटलाइजेशन गर्नका लागि सबै बर्गले क्यूआर कोर्ड मार्फत काम गर्नुपर्नेमा जोड दिनुभयो । कतिपयले डिजिटल सिस्टम चलाउन कठीन मानेको प्रशंग उठाउँदै गभर्नर अधिकारीले नजानेको कुरा एक आपसमा सोधेर, बुझेर अर्कोसँग सिकेर अगाडि बढ्न अफ्ठेरो मान्न नहुने उल्लेख गर्नुभयो । बैंकिङ क्षेत्रमा डिजिटलाइजेशनका लागि आफू समर्पीत भएर लागेको उल्लेख गर्दै डिजिटलाइजेशनबाट खर्च कम हुने, छिटो काम हुने, समयको बचत हुने, धेरै काम हुने तथा सजिलो र पारदर्शीता हुने उल्लेख गरे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु भुवन कडेल, देव कुमार ढकाल, राम प्रसाद गौतम, निश्चल अधिकारी, बनेपा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दानबहादुर शाही, छिमेक लघुवित्त वित्तीय संस्थाका सञ्चालक अनुम मास्के, छिमेक लघुवित्त वित्तीय संस्थाका सञ्चालक मनोज कुमार यादव, छिमेक समाज सेवाका संस्थाक अध्यक्ष तथा छिमेक लघुवित्त ििवत्तीय संस्थाका पूर्व प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशी, सक्षम नेपालका टिम लिडर निर्मल दाहाल, ईसेवा फोन पे प्रालि का प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटा, सिनर्जी टेक प्रा. लि.का नायव प्रमुख कार्यकारी अधिकृत त्रिरत्नमानन्धर, वित्तीय जागरण राष्ट्रिय अभियानका राष्ट्रिय संयोजक माधव निर्दोष, छिमेक लघुवित्त वित्तीय संस्थाका अध्यक्ष ऋषीराज जोशी, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्माले लघुवित्त क्षेत्रलाई प्रविधिमैत्री बनाउन आफूहरु सक्रिय रहेको उल्लेख उल्लेख गर्नुभयो । 

Must View