नागरिक पोष्ट News


अलिफ खान र समिक्षा अधिकारिको नयाँ गीत बनैमा मनैमा ट्रेण्डीङमा

338

सामाजिक सञ्जालमा गायनमार्फत भाईरल अलिफ खान र गायिका समिक्षा अधिकारिको स्वरमा रहेको नयाँ गीत बनैमा मनैमा सार्वजनिक भए लगत्तै ट्रेण्डीङमा आएको छ ।

उक्त गीतको म्युजिक भिडियोमा पछिल्लो समयकी चर्तित मोडल समिक्षा पोखरेलसँग भि जे तथा मोडल रन्जित पौडेलले अभिनय गरेका छन् भने अर्काे जोडी अजयश्रीमगर सँग चाहना बस्याल ले अभिनय गरेकी छिन् । निर्देशक बिधान कार्कीको निर्देशन् रहेको भिडियोको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन भने उत्सब दहालले खिचेका हुन।

ाचर्चित संगीतकार अर्जुन पोखरेलको संगीत÷संगीत संयोजन रहेको गीतको मिक्सिङ अनी मास्टरिङ्ग भने साजन शाहले गरेका हुन । गीतलाई ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो।

गीतको भिडियोलाई द दिभाइन म्युजिक मार्फत सार्बजनीक गरिएको छ । हाल मोडल समिक्षाको अभिनय तथा गायीका समीक्षाको स्वरको प्रशंसनिय समीक्षा नेपाली म्युजिक ईन्डष्टीमा हुने गरेको छ ।

Must View