नागरिक पोष्ट News


'रुमाल धुन पर्यो...' मा खेम र शान्ति श्रीको स्वर, बिनोदको निर्देशन [भिडिओ ]

1.7K

काठमाडौँ- चर्चित गायक खेम सेन्चुरी र गायिका शान्ति श्री परियारको आबाजमा लोकदोहोरि गीत 'रुमाल धुन पर्यो...' रिजिल भएको छ । बुधबार बिरही बस्याल नामक युटुब च्यानल मार्फत उक्त गीतको भिडिओ रिलिज गरिएको हो ।    चर्चित सर्जक नेत्र अर्यालको शब्दलाई टपक्क टिपेर गायक तथा संगीतकार खेम सेन्चुरीले नै गीतको संगीत भरेका छन् । बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतले छोटो समयमा नै मन जित्न सफल भएको छ । 

पछिल्लो समयका ब्यस्त निर्देशक बिनोद भण्डारीको निर्देशनमा तयार पारीएको भिडिओमा मोडल जुना गुरुङ र बिरही बस्यालको दमदार अभिनय देख्न सकिन्छ । गोधुली क्रियसनको ब्यानरमा तयार पारिएको भिडिओलाई करण चैसिरले छायांकन गरेका हुन् भने मनोज कार्कीको सम्पादन रहेको छ । 

Must View