नागरिक पोष्ट News


महिला लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण शेयर (आईपिओ) बाँडफाँड

1.6K

काठमाडौं, १४ फागुन । महिला लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण शेयर (आईपिओ) बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले शुक्रबार बिहान ८ बजे शेयर बाँडफाँड गरेको हो ।

कम्पनीको आईपिओमा १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकोमा ३ हजार ३ सय ५३ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । योग्य कायम रहेका १५ लाख ३६ हजार ६ सय ८२ जनालाई गोलाप्रथामा समावेश गराई शेयर बाँडफाँड गरिएको छ । जस अनुसार १५ लाख ३६ हजार ६ सय ८२ जना योग्य आवेदक मध्ये ३७ हजार ५ सय जनाले समान १० कित्ताको दरले शेयर पाएका छन् ।

आवेदन दिएका मध्ये १५ लाख २ हजार ५ सय ३५ जना आवेदक हात खाली भएका छन् ।

कम्पनीले माघ ३० गतेदेखि ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्कासन गरेको थियो । जसमध्ये कम्पनीले ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याएको थियो। बाँकि ३ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

Must View