पूर्व मन्त्री नवीन्द्रराजलाई गम्भीर मस्तिष्कघात, आकस्मिक शल्यक्रिया गरिँदै
1K
काठमाडौं – नेपाली कांग्रेस नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात देखिएको छ ।गएराति शरीरको देब्रपट्टि समस्या देखिएपछि जोशीलाई काठमाडौंको वीर अस्पताल पुर्याइएको थियो ।आज शुक्रवार बिहान जोशीलाई वीरबाट नर्भिक अस्पताल पुर्याइएको जोशीका सहयोगी पुष्कर पाण्डेले बताएका छन् ।नेता जोशीको मस्तिष्कमा रगत जमेको र अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । जोशीको आकस्मिक शल्यक्रियाको तयारी गरिएको अस्पताल स्रोतले जनाएको छ ।