नागरिक पोष्ट News


गायिका अन्जु पन्तको विवाह चर्चमा

1.6K

१२ फागुन, काठमाडौं । गायिका अन्जु पन्तले विवाह गरेकी छिन् । उनले बुधबार थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् । विवाहपछि अन्जुले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियो समेत राखेकी छिन् । भिडियोमा पन्तले ‘धेरै माया नदेऊ मलाई’ बोलको आफैँले गाएको गीतमा टिकटक समेत बनाएकी छन् । अन्जु र थिरले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको बताइएको छ ।

केही समय अगाडि थिरसँग विवाहको चर्चा चलेपनि पन्त भने मौन रहँदै आएकी थिइन् । तर थिरले भने विवाहको कुरो मिडियामा स्वीकारेका थिए । अन्जु र थिरले विवाहमा सीमित आफन्तहरु मात्र सहभागी रहेको बुझिएको छ । आफूहरूबीच विवाह भएको थिरले बताए । उनले आफूहरुले पाटनको चर्चमा बिहे गरेको बताए । कोरोनाको कारणले सीमित आफन्तका उपस्थितिमा विवाह गरेको थिरको भनाइ छ ।

गायिका अञ्जु पन्तले दोस्रो विवाह गरेकी हुन् । उनकी पहिलो श्रीमानबाट एक छोरी समेत रहेकी छिन् । पन्तले करिव एक दशक अगाडी नै उनले आफ्नो पपहिलो श्रीमानसँग डिभोर्स गरेर छुट्टै बस्दै आएकी थिइन ।

Must View