नागरिक पोष्ट News


नेपाली काँग्रेसको पार्टी पदाधिकारी बैठक बस्दै

1.9K

काठमाडौँ । नेपाली काँग्रेसको पार्टी पदाधिकारी बैठक बस्ने भएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो तीनबजे पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठकमा प्रचण्ड–माधव समूहको प्रस्ताव, संसद् पुनर्स्थापना पछिको आगामी रणनीति तथा राजनीतिक घटनाक्रमबारे छलफल गरिने बताइएको छ । बैठकमा पूर्व पार्टी पदाधिकारीहरूको पनि सहभागिता रहनेछ ।

नयाँ सरकार गठनका लागि काँग्रेसका निर्णायक भूमिका रहने देखिएको छ । बुधवार प्रचण्ड माधव समूहले देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्ताव राखेको थियो । उक्त विषयमा काँग्रेस सभापति देउवाले पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए ।

प्रतिनिधिसभामा काँग्रेसका ६१ सांसद रहेका छन् ।

Must View