नागरिक पोष्ट News


उदयपुरको गाउँमा जन्मेकी बैअबु राई फेसबुकको बरिष्ठ इन्जिनियर, जस्ले २ करोड भन्दा बढी तलव खान्छिन्

2.5K

काठमाडौं । नेपाली युवती बैअबु राई सामाजिक संजाल फेसबुकको मुख्यालयमा बरिष्ठ सफ्टवेयर इन्जिनियरको रुपमा आबद्ध भएकी छिन् । उदयपुरस्थित रौतामाई गाउँपालिका–२ सालथुम्का घर भएकी २९ वर्षिया राई सिलिकन भ्यालीस्थित फेसबुक हेर्डक्वार्टरमा जागिरेको रुपमा प्रवेश गरेकी हुन् ।

फेसबुकले सिनियर सफ्टवेयर इन्जिनियरलाई तलब बापत वार्षिक १८३२७२ अमेरिकी डलर अर्थात् आजको नेपाली रेट अनुसार २१२६५०५०.१६ दिने गर्छ । उदयपुरस्थित गाइघाटको लालीगुराँस आवसिय विद्यालयबाट शिक्षा थालेकी उनले काठमाडौंको बुढानिलकण्ठ स्कुलबाट एसएलसी दिएकी थिइन् ।

बुढानिलकण्ठ स्कुलबाट उत्कृष्ट अंक ल्याएकी उनले सोपछि बेलायतको एक प्रतिष्ठित कलेजमा पुनः छात्रवृत्तिमै पढ्न पाइन् । उनले अमेरिकाकै म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा छात्रवृत्तिमै कम्प्युटर साइन्सबाट ग्राजुएट पास गरेकी थिइन् ।

त्यसपछि बैअबुले फेरि अमेरिकास्थित म्यासेच्युसेटस् इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा छात्रवृत्तिमै कम्युटर साइन्सबाट सन् २०१३ मा ग्राजुएटेड भएकी थिइन् ।

सन् २०११ को जुनदेखि अगस्टसम्म उनले माइक्रोसफ्टमा एक्सप्लोरर इन्टर्नको रुपमा अनुभव समेत लिएकी थिइन् । छोरीले फेसबुकमा जागिर सुरु गरेपछि आमा शान्त राई र बाबु म्याम्बर राईले खुशि व्यक्त गरेका छन् ।

आफ्नाे भाञ्जी फेसबुकको हेड्क्वाटरमा नियुक्त भएर काम गर्न थालेकी भन्दै उदयपुरका रकम चाम्लिङले फेसबुकबाटै खुसी व्यक्त गरेका छन् । बैअबु फेसबुकको हेड्क्वाटरमा सिनियर सफ्टवेयर इन्जिनियरको रुपमा काम गर्न थालेपछि उनका आमाबाबु, नातागोता र आफन्तहरुमात्र नभएर यो खबर पाउने जोकोही नेपालीहरुले पनि बधाई दिइरहेका छन् ।

पूर्व नेपाली सैनिक म्याम्बर राई र अमेरिकन सहयोग नियोग युएसएडमा कार्यरत आमा शान्ता राई छोरीको प्रगतिले निकै खुसी छन् । 

Must View