नागरिक पोष्ट News


फागुन १३ गते अदालको फैसला आउने, यो दिन फेरि नेपालको अर्को ऐतिहासिक दिन हुने

2.7K

सर्वोच्च न्यायालयले १३ गते बिहिवार फैसला सुनाउने भएको छ । सरकार प्रमुख प्रधानमन्त्री र रास्ट्र प्रमुख रास्ट्रपतिले सम्विधानका धारा र अन्तर्राष्ट्रिय अभ्यासबिपरित पुस ५ गते चालेको कदमले कानूनी मान्यता पाउने या बेलगाम गतिविधिमा ब्रेक लाग्ने त्यो दिन टुंगो लाग्नेछ ।

प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमाथिका बहस सकिएका छन्। शुक्रबार एमिकस क्युरीका पाँच जना वकिलहरूको बहस सकिएको हो।शुक्रबार क्युरीको तर्फबाट गीता पाठकले अन्तिम बहस गरेकी थिइन्।

बहस सकिएपछि संवैधानिक इजलासले फागुन १० गतेसम्म बहस नोट दिन दुबै पक्षका वकिललाई आदेश दिएको छ। यसअघि पक्ष र विपक्षका वकिलहरूले विघटन मुद्दामाथि बहस गरेका थिए। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले फागुन ११ गते यो मुद्दा हेर्दाहेर्दैमा हुने बताए।

पुस ५ गते प्रतिनिधिसभा विघटनपछि परेका एक दर्जन मुद्दामा सर्वोच्चको संवैधानिक इजलास सुनुवाइ जारी छ।प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको रिट निवेदक वकिलको तर्क छ।

Must View