नागरिक पोष्ट News


नेप्समा नयाँ रेकर्ड

1.7K

काठमाडौं, ६ फागुन । साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ । नेप्से २५.२३ अंकले बढेर २६३६.६८ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । सेन्सेटिभ इन्डेक्स पनि ६.७७ अंकले बढेर ४८१.७८ मा उक्लिएको छ ।

बिहीबार कारोबारमा आएका १२ समूह मध्ये ३ वटा समूहको उपसूचक घटेपनि अरु सबै बढेको छ । निर्जीवन बीमा, जीवन बीमा र माइक्रोफाइनान्स समूहको उपसूचक घटेको छ ।

यस्तै यो दिन २०६ कम्पनीको ८ अर्ब ७६ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यसमा सबैभन्दा धेरै शेयर कारोबार एनआईसी एशिया बैंकको भएको छ । दोस्रोमा नेपाल इन्फ्राइस्टक्चर बैंक रहेको छ । एनआईसी एशियाको ५६ करोड र इन्फ्राइस्टक्चरको ५० करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।

सबैभन्दा धेरै नाफा भने नेपाल हाइड्रो डेभ्लपर्सका लगानीकर्ताहरुलाई भएको छ । यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर २ सय ७५ रुपैयाँ पुगेको छ ।

Must View