नागरिक पोष्ट News


अवहेलना मुद्दाको लिखित जवाफ दिन उपस्थित भएका प्रधानमन्त्रीले सर्वोच्च अदालतको नवनिर्मित भवनको समेत निरीक्षण गरेर फर्के

1.7K

काठमाडौं, ६ फागुन।अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली लिखित जवाफ पेस गरेर फर्किएका छन् ।

प्रतिनिधिसभा विघटन सबन्धी संवैधानिक इजलासमा भईरहेको बहसलाई ‘तमसा’ र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बुढा बाजे वकिल’ भनेपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा परेको थियो ।गत माघ १५ गते सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना गरेको मुद्दामा सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै आफै उपस्थित भएर जवाफ दिन आदेश दिएको थियो ।

अवहेलना मुद्दाको लिखित जवाफ दिन उपस्थित भएका प्रधानमन्त्रीले सर्वोच्च अदालतको नवनिर्मित भवनको समेत निरीक्षण गरेर फर्केका छन् ।

Must View