नागरिक पोष्ट News


नेप्से परिसूचकले २६०० विन्दु पार गरेको छ

1.7K

काठमाडौं, ४ फागुन । मंगलबार (आज) नेप्से परिसूचकले २६०० विन्दु पार गरेको छ । परिसूचक १५.५० अंकले वृद्धि भएर २६०१.५१ विन्दुमा रोकिएको हो । त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि ४.०९ अंकले वृद्धि भएर ४७३.५३ विन्दुमा रोकिएको छ ।

आज २०८ कम्पनीको १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता शेयर १० अर्ब ३ करोेड ५४ लाख रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि चन्द्रागिरि हिल्स लिमिटेडको भएको छ । यो कम्पनीको प्रतिशेयर मूल्य १० प्रतिशतले वृद्धि भएर २२० कायम भएको हो । त्यस्तै ५ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि हुनेमा नेपाल इन्फ्राइस्टक्चर बैंक लिमिटेड, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सन्राइज फस्ट म्युचुअल फण्ड र हिमालयन उर्जा विकास कम्पनी लिमिटेड रहेका छन् ।

आज साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सर्वाधिक घटेको छ । यो कम्पनीको प्रतिशेयर मूल्य ६.१५ प्रतिशतले घटेको हो ।

सर्वाधिक मूल्यको शेयर कारोबार नविल बैंक लिमिटेडको भएको छ । यो बैंकको ५४ करोड ४४ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । नविलको प्रतिशेयर मूल्य १३६५ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये ४ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक वृद्धि हुनेमा बैंकिङ्ग समूह २.०८ प्रतशित, विकास बैंक समूह ०.२४ प्रतिशत, अन्य समूह ०.२७ प्रतिशत र म्युचुअल फण्ड समूह ०.८८ प्रतिशत रहेका छन् ।

Must View