श्रीपञ्चमी : सरस्वतीको पूजा-आराधना गरी यसरी मनाइन्छ
2K
काठमाडौं । श्री पञ्चमी । विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ।
काठमाडौं उपत्यकाका स्वयम्भू, मैतिदेवी, ललितपुरको लेलेलगायतका मन्दिरमा बिहानैदेखि सरस्वती पूजा गर्नेको घुइँचो लाग्दछ । यो दिन बालबालिकाहरुलाई अक्षाराम्भ गराउने चलन भएकोले अभिभावकहरु बालबालिकालाई लिएर मन्दिर ,विद्यालय जान्छन् । बालबालिकाले मन्दिरको भित्तामा लेखेर अक्षाराम्भ गर्छन् । । यो दिन बालबालिका मात्र नभएर निरक्षर जुनसुकै उमेर समूहका व्यक्तिले मन्दिर पुगेर पढ्न् र लेख्न सुरु गर्ने गर्छन् । स्वयम्भूमा पनि बालबालिका मात्र नभई ज्येष्ठ नागरिक पनि अक्षाराम्भ गर्छन् ।
त्यस्तै यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । विद्यार्थीहरुले विद्यालय तथा कलेजहरुमा सरस्वतीको पुजा गर्ने प्रचलन रहेको छ ।