नागरिक पोष्ट News


तारकेश्वर नगरपालिकाले बेरोजगार व्यक्तिहरुको नाम सुचिकरण गर्दे

2.2K

३ फागुन, काठमाडौं । तारकेश्वर नगरपालिकाले आ.व. २०७८/७९ को लागि नगरपालिका भित्रका बेरोजगार व्यक्तिहरुको नाम सुचिकरण गर्ने भएको छ । फागुन महिनाभित्र आ–आफ्नो वडा कार्यालयमा गएर नाम दर्ता गराउन नगर रोजगार साखाले अनुरोध गरेको छ ।

नेपाल सरकारको न्यूनतम रोजगारी कार्यक्रममा संलग्न हुन चाहने बेरोजगार नागरिकहरुले आ–आफ्नो वडा कार्यालयमा निवेदन दिन सकिने नगरपालिकाले बताएको छ ।

तारकेश्वर नगरपालिकाले सोमबार सुचना प्रकाशित गर्दै नगरपालिका भित्रका सम्पूर्ण सम्पुर्ण बेरोजगारहरुलाई रोजगार कार्यक्रममा सहभागी हुन आग्रह गरेको नगरपालिकाको रोजगार संयोजक प्रतिमा अधिकारीले जानकारी दिइन्।

Must View