निर्वाचनको पक्षमा वुटवलमा ओली समुहको बिशाल शक्ति प्रदर्शन
1.5K
फागुण १ वुटवल । संसद विघटन र निर्वाचनको पक्षमा ओली समुहले आज वुटवलमा बिशाल जनप्रदर्शन गरेको छ । अहिले जारी सभालाई प्रधानमन्त्री ओलीले संवोन गर्दैछन् ।सभामा विभिन्न जिल्लाबाट हजारौँ कार्यकर्ताहरु जम्मा भएका छन् । यस अघि माघ २३ गते सो समुहले नारायणहिटी दरबार अगाडी सभा गरेर संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम र निर्वाचनको पक्षमा जनमत खडा गर्ने प्रयास गरेको थियो । ओली समुहले संसद विघटनको पक्ष लिदै निर्वाचन गराउनेमा जोड दिँदै आएको छ ।