नागरिक पोष्ट News


५५ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिन सरकारको तालिका

1.7K

काठमाडौ । सरकारले नागरिकलाई कोरोना खोप दिन अर्को तालिका निकालेको छ । अर्को नयाँ मितिमा भने उमेर समुहभित्र पर्ने सबै नागरिकलाई खोप दिने भएको छ । २३ फागुनदेखि आम सार्वसाधारणलाई कोरोना खोप दिने गरी तालिका सार्वजनिक गरेको हो ।

भारतले १० लाख डोज खोप अनुदान दिएपछि १४ माघदेखि खोप अभियान सुरु भएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी लगायत ४ लाख ३० हजार फ्रन्टलाइनरलाई खोप लगाउने सरकारको लक्ष्य थियो । तर ११ दिनको अभियानमा देशभर एक लाख ८४ हजार ८ सय ५७ जनाले मात्र खोप लगाए ।

त्यसपछि फेरी थप गरियो । पत्रकार र कुटनैतिक नियोगकका कर्मचारीलाई अर्को चरणमा दिइयो । अब दोस्रो चरण फागुन २ गतेदेखि सुरु हुनेछ । यो तालिकामा देशभरीका निजामति कर्मचारी, गैर सरकारी संस्था तथा वित्तिय संस्थामा कार्यरतहरुलाई दिइनेछ । त्यसपछि २३ फागुनदेखि ५५ बर्षभन्दा माथीका सबै नागरिकलाई देशभरीबाट दिइनेछ ।

२६ माघदेखि ३० माघसम्म पत्रकार र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुलाई खोप दिइयो भने २ फागुनदेखि ८ गतेसम्म सरकारी कर्मचारी, बैंकका कर्मचारी स्थानीय तहका जनप्रतिनिधि, सीमा सुरक्षा पोष्टमा खटिएका कर्मचारी र पहिलो चरणमा जुटेकाहरुलाई कोरोना खोप दिइनेछ । यसका लागि स्थानीय पालिकासम्मै खोप केन्द्रहरु तय हुनेछन् ।

Must View