भारतमा भिषण आगलागी, १२ जनाको मृत्यु, १६ जनाको जिवितै उद्दार
काठमाडौ । प टा का फ्याक्ट्रीमा आ’गला’गी हुँदा १२ जनाको निधन भएको छ । निधन हुनेको संख्या अझ बढ्न सक्ने बताइएको छ । अहिले सम्म ३६ जनालाई उद्दार गरिएको छ । शुक्रबार दिउँसो भारत तमिलनाडुको विरुधुनगरमा रहेको आतिशबाजी कारखानामा आ’गला’गी भएको हो । भारतीय मिडिया अमर उजालाले घटनावारे उल्लेख गरेको छ । समाचारमा अहिले सम्म १२ जनाको निधन भएको र ३६ जनाको उद्दार गरिएको उल्लेख छ ।
घटना पछि प्रधानमन्त्री राहत कोषबाट यस दुखद घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति घोषणा गरिएको छ भने गम्भीर घाइते भएकालाई ५० हजार सम्म क्षतिपूर्ति दिइनेछ। मुख्यमन्त्रीले मृतकका परिवारका लागि ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरिसकेका छन् भने गम्भीर घाइते भएकालाई एक लाख रुपैयाँ क्षतिपूर्तिको घोषणा गरिएको छ।
यस घटनाप्रति शो’क व्यक्त गर्दै मुख्यमंत्री पलानीस्वामीले घाइतेलाई यथासिघ्र उपचार गर्न निर्देशन दिएका छन् । उनले स्थानीय प्रशासनलाई मृतक र घाइतेहरुको परिवारलाई जानकारी गराउन र आवश्यक व्यवस्था गर्न पनि निर्देशन दिएका छन् .। साथै, निर्देशनमा अधिकारीहरूलाई नियमित आधारमा यस्ता कारखानाहरूको निरीक्षण गर्न भनिएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यस घटनामा शोक व्यक्त गरेका छन्। विरुधुनगर, तमिलनाडुमा पटाखा बनाउने कारखानामा लागेको आ’गोले पुरै गाउँ शो’कमा डु’वेको छ । प्रधानमन्त्रीले पनि आगलागीमा परेकाहरुलाई सहयोग गर्न अपिल गरेका छन् ।