नागरिक पोष्ट News


आखिर बिनयजंग बस्नेत र सपना रोका मगरको विबाद के हो ? किन सपना देहत्याग गर्ने सम्मको अभिव्यक्ति दिदैछिन्

1.9K

काठमाडौ । वेवारिसे शव ब्यवस्थापनमा सकृय सपना रोका मगर र उनले अभिभावक मानेका विनयजंग बस्नेतबीचको विवाद अहिले सामाजिक सञ्जालमा छताछुल्ल भएको छ । सपनाका बारेमा अनेक लाच्छना लगाउँदै विनयजंग सामाजिक सञ्जालमा खुला चेतावनी सहित आएका छन् । उनले सपनाका नराम्रा तस्बिर र भिडियो आफुसंग मोवाइल र पेन ड्राइभमा पनि छ भन्दै सपनाले अति गरे सार्वजनिक गरिदिने चेतावनी सार्वजनिक रुपमै गरेका छन् ।

यतिञ्जेल चुपचाप बसेकी सपना रोका मगरले सामाजिक सञ्जालमा आफ्नो कुरा सार्वजनिक गरेकी छन् । सपनाले विनयजंगले आफु माथि गरेका कृयाकलाप विरुद्ध प्रहरीमा उजुरी दिए पनि कुनै सुनुवाई नभएको भन्दै गुनासो गरेकी छन् ।

एक टेलिभिजनकर्मीले लेखेको स्टाटसमा कमेन्ट लेख्दै अहिले सम्म कानुनले आफुलाई न्याय दिन्छ भन्ने विश्वासमा विनयजंगका विरुद्ध केही नबोलेको भएपनि आफुले न्याय नपाएको गुनासो गरेकी छन् । उनले लेखेकी छन्, यति धेरै चरित्र माथि धावा बोल्दा पनि कानुन छ न्याय पाउँछु भनेर चुप लागेँ ।

तर उनीहरु जस्ता ठूला मानिसका लागि कानुन पनि नलाग्ने रहेछ । प्रहरी कार्यालय धाउँदा धाउँदा दिक्क भैसके । मानिसले यसै कारण देह त्याग गर्न बाध्य हुने रहेछ । आज म त्यस्तै अनुभव गर्दैछु । 

संचारकर्मी युवराज कंडेल सामाजिक संजालमा लेख्दै भनेका छन्, बिनयजग बस्नेतले सपना रोकाको फोटो भिडियो मोबाईलमा मात्रै होइन पेन ड्राइभभरी छ भन्दै खुलेआम सार्बजनिक मिडियामा ध ‘म्की दिइरहेका छन् । यो निर्कृष्ठ अ’प’रा’ध हो , व्यक्ति जोसुकै होस्, सम्बन्ध जेसुकै होस, जस्तो सुकै होस् कसैले कसैलाई यसरी ब्ल्या’क’मे’ल गर्न पाइदैन। डिजिटल दुनियाँको ब्ल्याकमेल निकै आततायी हुन्छ ।

Must View