नागरिक पोष्ट News


निःशुल्क आँखा शिविर र जेष्ठ नागरिक कपडा वितरण तारकेश्वर १ मा

1.8K

काठमाडौं। तारकेश्वर नगरपालिका वडा नं. १ को साङ्लानमा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । नगर प्रमुख रामेश्वर बोहरा, उपप्रमुख भवानी डोटेल धिताल र वडा अध्यक्ष विदुर सापकोटाले १६७ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका छन् ।

नगर महिला बालबालिका तथा समाज कल्याण साखाले तारकेश्वरका सबै वडाहरुमा जेष्ठ नागरिकहरुलाई कपडा वितरण कार्य गर्दै आइरहेको महिला बालबालिका साखा प्रमुख प्रतिमा मिश्रले बताउनुभयो ।

तारकेश्वर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा जेष्ठ नागरिकहरुको लागि निःशुल्क आँखा शिविर तथा प्रयोगशाला परीक्षण कार्यक्रम सम्पन्न भएको हो। नगरपालिकाको वडा नं १ स्थित साङला प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन भएको आँखा शिविरमा अधिकांश मोतिबिन्दुको समस्या रहेको र १३ जना आँखाका जटिल विरामी भेटिएको आयोजक नगर स्वास्थ्य शाखाले बताएको छ ।

साथै शिविरमा ४६ जना आँखाका विरामीलाई चस्मा वितरण गरिएको थियो। ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको मात्र आँखा परीक्षण गरिएको तारकेश्वर नगरपालिका स्वास्थ्य शाखाको साङला प्राथमिक स्वास्थ्य केन्द्रले जानकारी दिएको छ।

Must View