नागरिक पोष्ट News


सर्वोच्च अदालतको नयाँ भवन निर्माणमा ५२२ करोडको ठेक्का सेटिङ

1.3K

काठमाडौ । पटक पटक निर्माण कार्यमा ढिलाइ गर्ने र भ्रष्टाचारमुद्धा समेत खेपीरहेको समानान्तर जेवीलाई सर्बोच्च अदालतको नयाँ भवनको जिम्मा दिने अन्तिम तयारी भएको खुलेको छ । कम्पनिलाई ठेक्का पार्न समानान्तरका अच्युत खरेल सक्रिय भएका छन  ।

पाँच अरव बाईस करोड रुपैया बराबरको निमार्ण लागत सहित मिति २०७७ पैष ५ गते सर्बेच्च अदालतले टेण्डर सूचना प्रकाशित गरेको थियो । प्रचलित कानुन अनुसार पाँच अरव भन्दा माथीको टेण्डर पक्रियामा बिदेशी कम्पनीले एक्कल रुपमा समेत भाग लिन सक्ने ब्यवस्था छ तर यस ठेक्कामा प्रतिर्निस्पर्दालाई निरुत्साहित गर्ने आशय सहित बिदेशी कम्पनीलाई अनिवार्य नेपाली कम्पनिसँग ज्वाइन्ट भेन्चरमा आउनुपर्ने वाध्यात्मक ब्यवस्था गरियो । बिदेश कम्पनी सहभागी हुँदा अनिवार्य ४५ दिनको समय म्याद राखीनुपर्ने ठाँउमा ३० दिन मात्र भाका राखेको पाइएको छ ।

टेण्डर आब्वाहन म्याद सकिने एकदिन अघि ठेक्का शंशोदन गरि एक हप्ता म्याद दिइनुपर्ने ठाउँमा त्यसो गरिएन र  धेरै निमार्ण ब्यवसायीलाई अंकुश गराइएको निमार्ण ब्यवसायी महासंघका अध्यक्ष रवी पुरी बताउछन । यती गर्दा पनि चार वटा बोलपत्रहरु निबेदन पेश भएपछि अहिले अदालत अन्य सम्पूर्ण कम्पनीलाई गौरकानुनी रुपमा नियतबस अयोग्य ठहर गरि समानान्तर जेवीलाई ठेक्का दिन अन्तिम तयारी रहेको खुलेको छ ।

गराएर थप कागजपत्रमा कडाई गरि शंसोदन गरेको पाइएको छ । जसका कारण जम्मा ४ वटाले मात्र टेण्डर पक्रियामा भाग लिन पाएको स्रोतको भनाई छ ।

उसो त नेपाल निर्माण व्यवसायी महासंघले पनि यसअघि नै पत्राचार गरि सर्वोच्चलाई टेन्डरको म्याद थप गर्न आग्रह गरिसकेको छ । महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दफा १४ को उपदफा ९४क० मा भएको व्यवस्था अनुसार भवन निर्माणको बोलपत्र आह्वानको २१ दिन समय थप गर्न माग गर्दै माघ ५ गते सर्वोच्चलाई पत्र बुझाएको छ ।

तर सर्वोच्चले गत माघ ७ गते नै बोलपत्रमा निवेदन लिन बन्द गरेको छ । गत पुस ६ गते नयाँ भवन निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । सर्वोच्चले राष्ट्रिय र अन्तर्राष्ट्रिय निर्माण कम्पनीको लागि ५ अर्ब रुपैयाँको बोलपत्र आह्वान गरेको भएपनि कालिका समानान्तर जे।भी।, ओआशिष प्यासिफिक जेभी, भ्याल्ली कन्ट्रक्सन जे।भी। र हनुमान क्न्स्ट्रक्सन जेभी गरी चार वटा कम्पनीले मात्र बोलपत्रमा निवेदन दिएका छन् ।

तमाम निमार्ण ब्यवसायीहरुले पटक पटक म्याद थपको आग्रहलाई ब्यवास्ता गर्दे सार्बजनीक खरिद ऐन लगायत प्रचलित कानुनको ध्वजी उडाई सेटीङ्ग र मिलेमतोमै बिना पुरी कालिका समानान्तर जेभीलाई निमर्ण ठेक्का लिन लागिएको ब्यवसायीको आरोप छ ।

विनापुरी कालिका समानान्तर जेभीलाई ठेक्का दिलाउन सेटिङमा काम गरेका छन् । उनले नाम चलेका तीन अन्य कम्पनिलाई उछिन्ने गरी सेटिङ मिलाइसकेको बुझिएको छ । समानान्तरले मलेशियन कम्पनि विनापुरीसँग संयुक्त रुपमा टेन्डर हालेको हो ।

यस अघि भक्तmपुर अदालतको भवन निमार्ण गर्दा १० वटा निमार्ण कम्पनीले ठेक्का हालेका थिए तर केही न्यायधिस , अच्यूत खरेलको ठूलो पैसाको प्रभावले अन्य ९ वटा कम्पनीलाई अबैधानिक रुपमा फ्यालेर बिवादास्पद समानान्तर निमार्ण कम्पनीलाई दिइएको थियो र हाल सोही अनुरुपनै ठेक्का दिलाउन चलखेल भैरहेको निमार्ण ब्यवसायीको आरोप छ ।

यस अघि जिल्ला प्रशासन कार्यालय दोलखाले श्रेष्ठ समानान्तर जेवी ३२ पुतली काठमाडौं निर्माण कार्यमा ढिलाइ भएको भन्दै कारवाहीको सिफारिस गरेको थियो ।

Must View