सरकारद्धारा निर्वाचनको लागि ७ अर्ब विनियोजन
1.4K
काठमाडौं । अर्थ मन्त्रालयले आगामी वैशाख १७ र २७ गते हुने भनिएको निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ उपलब्ध गराएको छ ।आर्थिक वर्ष २०७७/७८ को बजेट अर्धवार्षिक समीक्षामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ निकासा गरेको जानकारी दिएका हुन् । निर्वाचनको लागि सरकारले करिब ३० अर्ब खर्च लाग्ने अनुमान गरेको छ ।