नागरिक पोष्ट News


सुष्मा कार्कीले ३२ वर्षकी श्वेता खड्कालाई आन्टी र दिदी भनेपछि…. (भिडियो हेर्नुस्)

1.8K

काठमाडौ । नेपालकी अभिनेत्री सुष्मा कार्की फेरी एक पटक ट्रोल बनेकी छन् । अर्की अभिनेत्री श्वेता खड्कासंग उनको विवाद सुरु भएपछि उनले दिएको एक अन्तरवार्ताका कारण फेरी ट्रोल बनेकी हुन् ।

उनले श्वेता खड्कालाई आन्टी र दिदी भनेर सम्बोधन गरेकी छन् । श्वेता आफु भन्दै धेरै सिनियर भन्दै श्री कृष्ण श्रेष्ठलाई अंकल भन्ने गरेकाले पहिला आफुले श्वेतालाई आन्टी सम्बोधन गर्ने गरेको बताएकी छन् ।

एक होटलमा भएको विवाद पछि सुष्मा श्वेताको बहिनी र एक युट्युवर उत्सव रसाइली विरुद्ध उजुरी लिएर प्रहरी कार्यालय पुगेकी थिइन् । सो विवाद पछि उनको चर्चा सुरु गरेको हो । तर त्यस पछि उनले दिएको अभिब्यक्तिले ट्रोल बनेकी छन् ।

नायिका सुष्मा कार्कीले हालै श्वेता खड्काकी बहिनी आरती र युट्युबर उत्सव रसाइलीविरुद्ध आफूमाथि दु र्व्य वहार भएको भन्दै मुद्दा हालेकी थिइन्।

हाल उक्त विवाद टुंगिसकेको छ। तर नेपाली टेलिभिजन कार्यक्रम ‘रजतपट अंकल’मा अन्तर्वार्ताका क्रममा सुष्माले श्वेता खड्का आफ्नो आन्टीजस्तो भएको बताइन् । पहिला आन्टी भन्ने गरेको श्वेतालाई आजकल दिदी भन्ने गरेको बताइन् । पहिला आन्टी अहिले किन दिदी त ? भनेर प्रस्तोताले प्रश्न गर्दा उनले भनिन्, उहाँले भर्खर जवान मानिससंग विवाह गर्नु भएको छ त्यही भएर ।

उनको यस्तो अभिब्यक्तिका कारण सयौं ट्रोलहरु बनेको छ। उनी मिमको शि का र बन्नुको मुख्य कारण होः वास्तवमा उनी ३५ वर्षकी हुन्। श्वेता भने उनीभन्दा तीन वर्षले कान्छी हुन्।

आफूभन्दा कान्छीलाई आन्टी र दिदी भनेकोमा उनको ट्रोल बनेको हो। त्यसबाहेक विवाह जेठा कान्छा जोसँग गरेपनि त्यो श्वेताको नितान्त ब्यक्तिगत कुरा भन्दै सुष्माको आलोचना पनि भएको छ ।

 

Must View