प्रतिनिधिसभा विघटन विरुद्धका मुद्दाको बहस यो हप्ता टुंगो लाग्ने
1.4K
काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दाको बहस यसै साता सक्किने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभा विघटन विरुद्धका मुद्दाको बहस यो हप्ता अर्थात माघ ३० गतेभित्र सक्नुपर्ने बताउनु भएको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सही भएको भनेर इजलाससमक्ष बहसका लागि अधिवक्ता रमेश बडाल उपस्थित भएपछि जबराले बढीमा ३० मिनेटको समय दिनुभयो ।