नागरिक पोष्ट News


बिनय र सपनाको सम्बन्धमा किन यस्तो खैलामैला ! बिनयले मुख खोले, छोरीकै दर्जामा राखेर व्यवहार गरेको छु (भिडियो)

2K

काठमाण्डौ । बेवारिसे व्यवस्थापन समितिका अध्यक्ष विनयजंग बस्नेत र सपना रोका मगरबीचको सम्बन्धको बारेमा यतिबेला सामाजिक सञ्जालहरुमा निकै नै खैलामैला मच्चि रहेको छ । सपना र विनजंग अलग भएदेखि नै यिनीहरुको सम्बन्धमा विभिन्न खाले प्रश्नहरु उठ्दै आईरहेको बेला सपनाका आमाबुवाले नै विनयजंगकै कारण सपना विनयजंगबाट टाढीएको बताएपछि सामाजिक सञ्जालमा खैलाबैला मच्चिएको हो ।

जब सपनाको आमाबुवा एकै साथ मिडियामा आएर विनयजंगले छोरी भन्ने नाम दिएर छोरी सपनालाई यौ’न दु’व्र्य’वहा’रहरु गर्ने प्रयास गरेको अभिव्यक्ति दिए तबदेखि नै विनयजंगप्रति धेरैले कारर्वाहीको माग गरेका छन् । उत आफु विरुद्ध सपना र उनका आमाबुवाले लगाएको आरोपहरु सुनेर विनयजंग भने अचम्मित छन् । उनको भनाई अनुसार सपना र उनका अभिभावकले यस्तो आरोप लगाउन सक्छन् यो उनको कल्पनाभन्दा परको कुरा थियो ।

चारैतिर आफुविरुद्ध सञ्जालहरु खनिएपछि विनयजंगले आफ्नो र सपनाकोबीचको सम्बन्धको विषयमा बोलेका छन् । उनले सपनासंग भेट भएदेखि छुट्टीदासम्मको एकएक पलका कुराहरु गरेका छन् । विनयले सपनालाई छोरीकै दर्जामा राखेर व्यवहार गरेको बताएका छन् । उनी भावुक हुँदै भन्छन्,‘सपनालाई मैले जुनदिनदेखि भेटे उस्लाई मैले केवल छोरीकै नजरबाट हेरें । तर आज मलाई नै यस्तो घिनलाग्दो आरोप उस्ले र उस्को परिवारले लगाउलान् यो मेरो सोचाईभन्दा परको कुरा थियो ।’

के लगाए सपनाका आमाबाबुले बिनयलाइ आरोप ?

‘मेरो छोरी होइन सपना, छोरा हो । के छोरा मसंगसंगै सुत्नु हुँदैन ?’ यो भनाई हो बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष विनयजंग बस्नेतको । तर यो भनाईलाई सपनाका बुवाआमाले जस्ताको त्यस्तै एक अन्तरवार्तामा बताएका छन् । सपनालाई आधि रातमा आफ्नो हातखुट्टामा तेल लगाएर मालिस गर्न लगाउँथे रे विनजजंग बस्नेतले । योपनि सपनाकै आमाबुवाले बताएका छन् ।

विगत केही महिनादेखि सपना र विनयजंग बस्नेतबीचको सम्बन्ध चिसिएको कुरा सबैलाई थाहा भएकै हो । तर के कारणले बाबु छोरी भनिने उनीहरुबीचको सम्बन्धमा दरार आयो भन्ने कुरा सबैकोलागी चासोको विषय थियो । यो चासोको विषयलाई सपनाका बुवाआमाले खोलिदिएका छन् । सपनाको आमाबुवाको भनाई अनुसार विनयजंगले सपनालाई बाहीरि रुपमा छोरी भनेतापनि उनको भित्री आवरणमा सपनालाई छोरीको दर्जा नदिएको बताएका छन् ।

उनीहरुको भनाई अुनसार विनयजंगले आफुले भनेको सपनाले नमान्दा मुखबाट खुन आउने गरी विनयले सपनालाई कु’टे’का पनि छन् । उक्त अन्तरवार्तामा सपनाकी आमाले रुँदै भनेकी छन्,‘उहाँले मलाई नै भन्नु भएको थियो सपना त मेरो छोरा हो । के म मेरो छोरासंगसंगै सुत्न मिल्दैन रु भन्दा मैले काममा छोरा भएपनि उ त छोरी हो नी बाबु भनेकी थिएँ । एकातिर छोरी पनि भन्ने अर्कोतिर छोरीसंगै सुत्छु पनि भन्ने । यो कस्तो सम्बन्ध हो ?’ उनको कुरामा विनयजंगले छोरी सपनालाई गरेको र बोलेको अभ्रद शब्दहरुको बारेमा सपनाका बुवाले पनि उक्त अन्तरवार्तामा बताएका छन् ।

सपना रोका मगर र बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष विनयजंग बस्नेत म्याग्दी घर भएकी सपना पढाइको लागि काठमाडौं आएकी थिइन् । यहाँ आएपछि बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष तथा समाजसेवी विनयजंग बस्नेतले बेवारिसे लाश ज’ला’उने गरेको देखेपछि उनले पनि यही काम थालेकी थिइन् 

Must View