नागरिक पोष्ट News


दाँतमा आएको समस्यालाई घरेलु उपायले पनि उपचार गर्न सकिन्छ

2.3K

काठमाण्डौ । मानिसको सुन्दरता दाँतमा हुन्छ । बोल्दा र हाँस्दा सबैभन्दा पहिले देखिने भनेकै दाँत हो ।  त्यसैले दाँतको अत्ति नै ख्याल राख्नु पर्दछ । कहिले काहीँ हाम्रो दाँतमा किरा लाग्न सक्छ ।

कुठाउँमा दाँत आउन सक्छ । गिजा सुन्निएर दाँत नै फ्याक्नु पर्ने पनि हुन्छ । त्यस्तो अवस्थामा घरेलु विधि अपनाएर दाँतका हरेक समस्याबाट छुटकारा पाउन सकिन्छ । दाँत सम्बन्धि कुनै पनि समस्यामा ल्वाङ प्रभावकारी मानिन्छ । यसले दाँतको दुखाई कम गर्नुका साथै दाँतमा क्याभिटी फैलिन दिदैन । यसकालागी एक चौथाई तिलको तेलमा २ देदि ३ थोपा ल्वाङ्गको तेल मिसाएर राती सुत्नु अगाडी दाँतमा लगाएमा दाँतलाई आराम दिलाउँछ ।

नुनको प्रयोगले दाँतको दुखाई तथा दाँत सुन्निने समस्या कम गर्दछ । साथै कुनैसंक्रमण तथा मुखमा व्याक्टेरियाको वृद्धि हुनबाट रोक्छ । यसकालागी एक चम्चा नुनलाई तातो पानीमा मिसाएर कुल्ला गर्नुपर्छ । एन्टी व्याक्टेरियलको साथ एन्टीबायोटिक गुणका कारण लसुनको प्रयोग क्याभिटीमा प्रभावकारी मानिन्छ । लसुनले दाँत टुक्रने तथा क्याभिटीको समस्या कम गर्न मद्दत गर्नुका साथै दाँतको दुखाईबाट समेत राहत दिलाउँछ ।

यसकालागि ३ देखि ४ पोटी लसुनलाई पिसेर एक चौथाई सिधे नुनमा मिसाएर लेप बनाइ संक्रमित दाँतमा लगाएर १० मिनेट राखेमा क्याभिटीको समस्या निकै कम हुन्छ । दाँतमा आएको समस्या समाधानकोलागी जेठी मधुलाई पनि प्रयोग गर्न सकिन्छ । जस्मा रहेको एन्टी व्याक्टेरियल तत्वले दाँतमा क्याभिटीको विकास हुन दिदैन । साथै, दाँतमा काई लाग्न नदिएर दाँतलाई स्वस्थ राख्दछ । जेठी मधुको जरालाई धुलो बनाएर मञ्जनको रुपमा दाँतमा प्रयोग गर्न सकिन्छ । त्यस्तै, मुलेठीको डाढलाई टुथब्रशको रुपमा पनि दाँतमा प्रयोग गरे राम्रो लाभ मिल्दछ ।

बेसारले क्याभिटीबाट हुने दाँतको दुखाई कम गर्दछ । बेसारको धुलोलाई प्रभावित दाँतमा लगाएर केही बेर राखेर मनतातो पानीले कुल्ला गरे क्याभिटी हुदैन । निमको पात पनि क्याभिटी हटाउन र गिजा स्वस्थ तथा मजबुत राख्न सहायता गर्दछ । दाँत तथा गिजामा नीमको रसले मज्जाले दलेर केही समयपछि मनतातो पानीले कुल्ला गरेमा राम्रो लाभ दिन्छ ।

अमलामा रहेको एन्टीअक्सिडेन्ट तत्व तथा भिटामिन सीले व्याक्टेरिया तथा रोगको संक्रमणसित लड्न मद्दत गर्छ । अमलाई सिंगै वा आधा गिलास पानीमा आधा चम्चा अमलाको रस मिसाएर पनि यसको सेवन नियमित गरे चाँडै राहत मिल्दछ ।

Must View