नागरिक पोष्ट News


प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौंमा बिशाल र्याली

1.7K

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको विशाल जनसभा काठमाडौमा आयोजना भएको छ। सभाअघि काठमाडौँका विभिन्न स्थानबाट जुलुस निकालिएको थियो ।

पार्टी वाग्मती प्रदेश कमिटीले आयोजना गरेको सभा सुरु हुनुभन्दा अगाडि गौशाला, ज्ञानेश्वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक बागबजार, त्रिपुरेश्वर, पुतलीसडक, भद्रकाली, रत्नपार्क, नयाँ बानेश्वर र माइतीघरबाट जुलुस निकालिएको हो।

जुलुस सभास्थल नारायणहिटी दरबार अगाडि गएर सभामा परिणत भएको छ। ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ आज बृहतसभाको आयोजना गरिएको पार्टीले जनाएको छ।

जुलुसमा कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँँ, हामी जनता जाग्दैछौँ निर्वाचनमा लाग्दैछौँ , कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ जस्ता नारा लगाइएको छ।

सभा सफलतापूर्वक सम्पन्न गर्न पार्टी काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको पार्टीले जनाएको छ।  

Must View