आम हड्तालमा प्रहरी र प्रदर्शनकारी बीचको झडपमा दुई पूर्वमन्त्री घाइते
1.8K
काठमाडौं : जनकपुरमा प्रहरी र नेकपा प्रचण्ड-नेपाल पक्षबीच भएको झ’डपमा दुई पूर्व मन्त्री घा’इते भएका छन्। पूर्वमन्त्री रामचन्द्र झा र मातृका यादव घा’इते भएका हुन। यसैगरी सहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया, कारी यादव, प्रदीप साह र प्रहरी जवान लालबाबु राई घा’इते भएका छन्।
जनकपुर धाममा बजार बन्द गराउन हिँडेका प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ता र प्रहरी बीच झ’डप भएको हो। नेता झाको टाउकोमा चो’ट लागेको छ। पूर्व मन्त्री समेत रहेका नेता झाको टाउकोमा चो’ट लागेपछि उपचारका लागि प्रादेशिक अस्पताल जनक पुर लगिएको छ । प्रहरीले ला’ठीचार्ज गर्नुका साथै १ दर्जन राउण्ड ह’वाइ फा’यर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।