माघ २२ गते यातायत र बजार पूर्ण ठप्प पार्ने, कुन कुन ठाउँमा कडाई हुन्छ ?
2.3K
काठमाण्डौं । संवैधानिक परिषद्मा नियुक्त पदाधीकारी एवं सदस्यहरुलाई शपथ ग्रहण गराएसँगै आ्क्रोसित बनेको प्रचण्ड माधव समुहले आकस्मिक रुपमा घोषणा गरेको आम हड्ताल सफल पार्न सडकमै कार्यकर्ता उतार्ने तयारी गरेको छ । हडताल सफल पार्न सो समुहले देशभर मशाल जुलुश समेत निकालेको छ । सरकारले यातायात व्यवशाय सञ्चालन गर्न विज्ञप्ति नै जारी गरेर आग्रह गरेको छ । भोलीको हडताल सफल पार्न साधानीका विभिन्न ठाँउमा कार्यकर्ता उतार्ने तयारी सो समुहले गरेको छ । गोंगबुचोक, बालाजु चोक, नारायण गोपाल चोक, चाबहिल चोक, भोटाहिटी चोक, बल्खु चोक, कोटेश्वर, कलंकी चोक, फर्पिङ चोक र नागाढुंगा नाकामा उत्रन कार्यकर्ताहरुले नेताहरुले निर्देशन दिएका छन् । संसद विघटनको बिरुद्धमा आन्दोलनरत सो समुहले संवैधानिक निकायका पदाधीकारीको शपथ पछि एकाएक आम हड्तालको घोषणा गरेको हो ।