‘प्रचण्ड र माधवको पदिय ब्यवस्थापनका लागि जनताले किन सडक तताउनु पर्ने ? डा. सुरेन्द्र केसी
राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिब्यक्ति पुर्णतः अराजनैतिक भएपनि प्रचण्ड–माधव समुहको तुलनामा धेरै स्तरिय रहेको टिप्पणी गरेका छन् ।
नेपाल आजसँगको विशेष कुराकानीमा ‘कहिले भेट्नु कुहिएको र कहिले वल्टु खुस्किएको’ भनेर ओलीले गैरजिम्मेवार भएर वोलिरहेको वताएका केसीले प्रचण्ड–माधव समुहको तुलनामा भने उनका अभिब्यक्ति धेरै उच्च कोटिको भएको वताए ।
‘ओलीका अभिब्यक्ति पुर्णतया अराजनीतिक छन्। तर, यो भन्दा खराव चै एउटा नारावाट नेकपा भित्रको विवादको दुस्चरित्रलाई राख्न चाहन्छु’ उनले भने– ‘‘विद्या तिम्रो सिन्दुर खै–केपी ओली तिम्रो पोई।’ यसको तुलनामा चाहीँ केपी ओलीका अराजक र गैरजिम्मेवारपुर्ण अभिब्यक्ति धेरै माथि छन्।’
तीन जना पुर्व प्रधानमन्त्री र जनताले भरोसा गरेका नेताहरु उपस्थित भएको सभामा राष्ट्रपति त्यसमाथि एकल महिलाप्रति लगाईएको अभद्र नाराले उनीहरुको सांस्कृतिक धरातल देखाउने केसीले वताए ।
केसीले यसलाई नेपाली राजनीतिको दुस्चरित्र भनेका छन् । ‘यो नारा युवाहरुले लगाएका छन् । अव प्रचण्ड र माधव नेपालहरुको पदिय ब्यवस्थापनका लागि ति युवाहरुले त्यस्तो भाषा वोल्नु पर्ने?’
‘नेपालको अहिलेको अवस्था आउनुमा ‘एमसीसी र विआरआई’ लाई कारक मान्नेहरु छन् नी ?’ भन्ने प्रश्नमा उनले सहमति जनाए । तर, एमसीसीका विषयमा मानिसहरुले वेकारमा केपी ओलीलाई गालिगरिरहेको उनको जिकिर छ । ‘एमसीसी प्रचण्डले गरे मान्छेहरु केपी ओलीलाई गालि गर्छन। एमसीसी वावुरामका पालामा प्रचण्डले गराएको हो। अर्थमन्त्री वर्षमान पुन थिए’ उनले भने–‘वावुरामको पालामा सुरु भएर खिलराज रेग्मी, शुशिल कोईराला, केपी शर्मा ओली र पुस्पकमल दाहाल प्रचण्ड हुँदै अघि वढ्ेको हो।’ केपी ओलीको क्याविनेटमा भिम रावल नै उपप्रधानमन्त्री रहेको प्रष्ट्याएका उनले भने–‘अहिले प्रचण्डले त्यो फाईल आफनो टेवुलमा आउँदै आएन भन्छन्। अनि भिम रावल नै सवैभन्दा ठुलो एमसीसी विरोधी भएका छन्।’