नागरिक पोष्ट News


काठमाडौंको तारकेश्वर ७ स्थित साङ्लेखालामा बर्डफ्लु भेटियो

2.4K

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–७ स्थित साङ्लेखाला, फटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको छ । बर्डफ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत रायले बताए ।

बर्डफ्लु पुष्टि भएसँगै नेपाल सरकार स्वास्थ्य सेवा विभाग, पशु सेवा विभागको टोली, तारकेश्वर नगरपालिका स्वास्थ्य शाखाको संयुक्त टोलीका साथै नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा उक्त फार्मलाई शिल गरिएको छ ।

Must View