नागरिक पोष्ट News


बलीउडका सुपर स्टार शाहरुख खान र अभिनेत्री दिपिका पादुकोण अभिनित पठानको शुटिङ

2K

मुम्बई । यतिबेला बलीउडका सुपर स्टार शाहरुख खान र अभिनेत्री दिपिका पादुकोण अभिनित पठानको शुटिङ चलिरहेको छ । पछिल्लो केहि दिनदेखि चर्चामा रहेको पठान फिल्मको सेटमा शूटिङको क्रममा झगडा परेको खबर बाहिरिएको छ ।

झगडाको क्रममा एक जना असिस्टेन्ट डायरेक्टरले निर्देशक सिद्धार्थ आनन्दलाई हात लगाएका छन् । बलिउड हंगामाका अनुसार सिद्धार्थ आनन्दले कुरा नटेरेको कारणले शुरु भएको विवाद हात हालाहालमा परिर्वतन भएको थियो ।

सिद्धार्थ आनन्द सेटमा धेरै आक्रोशित हुन्छन् सेटमा मोवाईल चलाएको विषयमा असिस्टेन्टसंग सिद्धार्थको चर्को विवाद भएको र असिस्टेन्टले सिद्धार्थलाई लगातार गाली गरेपछी सिद्धार्थले असिस्टेन्टलाई हात लगाइदिए, तर त्यसको तुरुन्तै असिस्टेन्टले पनि जवाफमा सिद्धार्थलाई पनि हात नै फिर्ता गरे । झगडाको कारण शूटिङ नै रोकीएको थियो ।

यशराज ब्यानरको निर्माणमा बन्न लागेको उक्त एक्सन फिल्ममा सलमान खानको पनि केमियो भूमिका हुनेछ । चलचित्रमा जोन एब्राहमको भिलेनको भुमिका रहेको छ । यसमा जोन र दीपिकाले चर्को पारिश्रमिक लिन लागेको पनि खुलेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार, जन एब्राहमले २० करोड रूपैयाँ पारिश्रमिकस्वरुप लिएका छन् भने दिपिकाले १५ करोड पारिश्रमिक लिएर काम गर्ने पक्का भएको छ ।

ह्याप्पी न्यू इयरपछी अब बलीउडका सुपर स्टार शाहरुख खान र दिपिका पादुकोण ६ बर्ष पछी पुनः नँया फिल्ममा देखीने भएका हुन् । बलीउडमा शाहरुख र दिपिकाको जोडी सर्वाधिक हिट जोडीका रुपमा चिनिन्छन् ।

Must View