नागरिक पोष्ट News


तारकेश्वर नगरपालिका स्थित नागपोखरी थापा गाउँमाँ सार्वजनिक बस उद्घाटन

2K

काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं। ७ स्थित नागपोखरी थापा गाउँमा फाल्गुन १५ गते बाट नयाँ सार्वजनिक बस सञ्चालनमा आएको छ । धेरै पहिलादेखि स्थानीय जनताको माग पुरा भएको छ । बिहान भएको रुट उद्घाटन कार्यकम् तारकेश्वर नगरपालिका वडा नं। ७ का वडा सदस्य मिठाराम खत्रीले रिबन काटेर नरिवल फुटाई उद्घाटन गरेका थिए ।

कार्यक्रममा ज्येष्ठ नागरिक काले थापा प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए । थापा गाउँ टोल सुधार समिति र सन्तानेश्वर महादेव मन्दिरका अध्यक्ष अर्जुन थापाकाअनुसार त्यस ठाउँमा भाडा बसको अत्यधिक माग भएको र आवश्यकता देखिएकाले भाडा बस सञ्चालन गर्न बालाजु–बाइसधारा यातायात प्रा।लि।लाई बारम्बार जानकारी गराउँदा आज सफल भएको बताएका थिए ।

कार्यक्रमका विशेष अतिथि आइचर कम्पनीका अशोक थापाले यस क्षेत्रमा आइचर बस सञ्चालन गर्दा राम्रो माइलेज दिनुका साथै जस्तासुकै बाटोमा पनि चलाउन सकिन्छ । कार्यक्रममा स्थानीय उपभोक्ताहरु, महिला समूह, सुरक्षाकर्मीको बाक्लो उपस्थीति रहेको थियो । सार्वजनिक बसको रुट सञ्चालन भएपछि स्थानीयबासीमा खुशी छाएको थियो । कार्यक्रमका सभापति तथा बालाजु–बाइसधारा यातायात प्रा।लि। का अध्यक्ष प्रेमबहादुर शाहीले थापा गाउँमा राम्रोसँग बस सञ्चालन गर्ने प्रतिवद्धता जनाएका थिए ।

 

Must View