नागरिक पोष्ट News


नेपालमा कोभिड–१९ खोप अभियान अन्तर्गत पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाए

2K

१४ माघ, काठमाडौं । नेपालमा कोभिड–१९ खोप अभियान अन्तर्गत पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बेलुका ५ बजेसम्म ६४ जिल्लाका ९३ खोप केन्द्रहरुमार्फत ९ हजार ८४ जनाले खोप लगाएका हुन् ।

जसमध्ये प्रदेश १ मा १२५५, प्रदेश २ मा ७२६, वाग्मतीमा २६९४, गण्डकीमा १८४३, लुम्बिनीमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा १०८२ जनाले खोप प्राप्त गरेका छन् । मन्त्रालयले खोप अभियानको पहिलो दिनमा खोप लगाउने सबै व्यक्ति तथा सेवा प्रदायकहरुको स्वतस्फूत र उल्लेख्य सहभागिताका लागि धन्यवाद दिएको छ ।

Must View