नागरिक पोष्ट News


सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार पूर्वप्रधानन्यायाधीश र एक जना पूर्वसभामुखलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ

1.8K

काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार पूर्वप्रधानन्यायाधीश र एक जना पूर्वसभामुखलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ । प्रतिनिधिसभा विघटनको मुद्दामा जारी संवैधानिक इजलासमाथिको सुनुवाइमा सहभागी एक वकिललाई प्रधानमन्त्री ओलीले ‘बाजे वकिल’ लाई बहसमा सहभागी गराएर तमासा देखाएको भन्दै एक कार्यक्रममा अभिव्यक्ति दिएका थिए ।

यस्तै चार पूर्व प्रधान्नयायाधिशले भने वक्तव्य जारी गरे सरकारले गरेको संसद विघटनलाई असंवैधानिक कदम भनेका थिए । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बिहीबार प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, शुशीला कार्की र पूर्व सभामुख दमननाथ ढुंगानालाई सात दिनभित्र आफै लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

 

 

Must View