नागरिक पोष्ट News


नेकपा (ओली समूह)को तारकेश्वर नगर कमिटिको संयोजकमा बासु गौतम चयन

1.8K

१४ माघ, काठमाडौ । केपी समूहको नेकपा तारकेश्वर नगर कमिटिको संयोजकमा बासु गौतम चयन भएका छन । नगर कमिटिको आज बसेको बैठकबाट बासु गौतमलाई चयन गरिएको नेकपा केन्द्रीय सदस्य लेखनाथ फुँयालले बताउनुभयो ।

सिंगो नेकपाको तारकेश्वर नगर कमिटि अध्यक्षमा लवकुमार वस्नेत र सचिव रामकुमार थापा थिए । अहिले सचिव रामकुमार थापा प्रचण्ड–माधव समूहमा खुलेर लागेका छन् भने अध्यक्ष बस्नेत कुनै पनि समूहको खुल्ला कार्यक्रमहरुमा सहभागी भएका छैनन् । दुबै पक्षले बोलाएको बैठकमा अस्वस्थ भएको भन्दै कुनै पनि पक्षको भेलामा बस्नेत सहभागी नभएको बुझिएको छ । अब बस्नेतले कुन पक्ष रोज्लान हेर्न बाँकी छ ?

फुँयालकाअनुसार सह–संयोजक र अन्य नगर कमिटि सदस्यहरु आगामी बैठकले निर्णय गर्ने छ । केही दिनअघि नेकपा (ओली समूह) तारकेश्वर नगरपालिकामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

भेलामा ओली पक्षिय बागमती प्रदेस सचिव खेम लोहनीले कार्यकर्ताहरुलार्य ढुकक् भएर चुनावमा लाग्न निर्देशन दिनुभएको थियो । तारकेश्वरमा जनप्रतिनिधिहरु मध्ये ११ ओटा वडाका अध्यक्षहरुमध्ये २ ओटामा नेपाली काँग्रेसको प्रतिनिधिले विजयी हासिल गरेका थिए । बाँकी ९ स्थानमा अहिले नेकपाले जित हासिल गरेको थियो तर अहिलेसम्म जनप्रतिनिधिहरुले कित्ता क्लीएर गर्न सकेका छैनन् ।

Must View