नागरिक पोष्ट News


मानसिंह धर्म माविका संस्थापक अध्यक्षको १३ औं दिनको तिथिमा श्रद्धाञ्जली

2K

काठमाडौं । मानसिंह धर्म माध्यमिक विद्यालयका संस्थापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिंह धर्म महर्जनको १३ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । गत पुस २८ गते मानसिंह धर्म महर्जनको उपचारको क्रममा मृत्यु भएको थियो । मानसिंह धर्म माध्यमिक विद्यालयमा भएको कार्यक्रममा मृतकका छोरा मानवबहादुर महर्जन, मृतकका धर्मपत्नी र आफन्तहरुको उपस्थिति रहेको थियो ।

मृतकका आफन्तले १३ औं दिनको पुण्य तिथिमा उपस्थित अतिथिहरु र विद्यालयका शिक्षक र विद्यार्थीहरुलाई बिस्कुट र जुस वितरण गरेका थिए । विद्यार्थी–शिक्षक र अतिथिहरुले मृतक मानसिंह धर्म महर्जनको फोटोमा पुष्प गुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । आज दिउँसो १ बजे मानसिंह धर्म माध्यमिक विद्यालय प्राङ्गणमा भएको श्रद्धाञ्जली सभामा तारकेश्वर नगरपालिकाको नगर उपप्रमुख भवानी डोटेल धिताल, नागरिक सचेतना समाज नेपालका अध्यक्ष प्रा.डा. प्रदिपचन्द्र गौतम, तारकेश्वर नगर शिक्षा साखा प्रमुख तथा सूचना अधिकारी होमनाथ न्यौपाने, एनआर कलेजका पूर्व प्रिन्सिपल धनलाल महर्जन, तारकेश्वर १० का वडा सदस्य श्याम महर्जन, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि इन्द्रमान महर्जन, स्थानीय समाजसेवी तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य लक्ष्मण महर्जन, विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष भोजराज अधिकारीले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख भवानी डोटेल धितालले मानसिंह धर्म महर्जनले दिएको सकारात्मक बाटोमा विद्यार्थी र शिक्षकहरुले पछ्याइरहन आग्रह गर्नुभएको थियो । मानसिंह मर्हजनको योगदानको उच्च कदर गर्दै विद्यालयले सँधै सम्झिरहनुपर्ने बताएका थिए । मानसिंह महर्जनको एउटै उद्देश्य भनेको विद्यालयको शिक्षाको गुणस्तर राम्रो बनाउन निरन्तर विद्यालयको अनुगमन गर्दै आएका थिए ।

प्रा.डा. प्रदिपचन्द्र गौतमले श्रद्धाञ्जली मन्तव्य दिँदै मानसिंह धर्म महर्जनसँग आफुले २०५५ सालदेखि सामाजिक कामहरुमा सँगै सहकार्य गरेर हिँडेको बताउनुभयो । मानसिंह महर्जन बाचुन्जेल जहिले पनि विद्यालय कै मात्र चिन्ता गरिरहेका हुन्थ्ये ।  नगर शिक्षा प्रमुख होमनाथ न्यौपानेले मानसिंह धर्म महर्जनबाट धेरै कुरा विद्यालयले सिक्नुपर्ने बताउनुभयो ।

एनआर कलेजका पूर्व प्रधानाध्यापक धनलाल महर्जनले २०४२ सालमा मानसिंह महर्जनले मनमैजु क्षेत्रका विद्यार्थीहरुलाई सजिलो होस् भनेर पहिला नीजि विद्यालयको रुपमा स्थापना गरेका थिए । उनले मानसिंह विद्यालय अहिलेको स्थितिमा आउनुमा मानसिंह महर्जनको ठूलो योगदान भएकाले उनको योगदानलाई कसैले भुल्न नहुने बताएका छन् । २०५० सालपछि मानसिंह विद्यालयलाई सामुदायिक विद्यालयको स्वीकृति आफ्नो निरन्तर प्रयासपछि पहिलोपटक मानसिंह प्रा.विको स्वीकृति ल्याएको बताएका थिए । मानसिंहको जस्तो सोच विचार भएको व्यक्ति मनमैजुमा अहिलेसम्म नभएका बताएका थिए ।

कार्यक्रममा काँग्रेसमा महाधिवेशन प्रतिनिधि इन्द्रमान महर्जनले मानिस जन्मेपछि एकपटक अवश्य मर्ने प्राकृतिक नियम भएकाले बाँचुन्जेल मानसिंह धर्म महर्जनले जस्तै समाजमा राम्रो काम राखेर आफ्नो कृति बनाउन आवश्यक रहेको बताएका थिए । मानसिंह धर्म महर्जनले मनमौजु क्षेत्रका गरिव जनताका छोराछोरीले शिक्षाबाट बञ्चित हुन नपरोस भनेर विद्यालय स्थापना गरेका थिए ।

शिक्षकहरुको तर्फबाट कमलदिन मियाँले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । मियाँले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै मानसिंह धर्म महर्जनले विद्यालयप्रति गरेको योगदानको कदर शिक्षकहरुले सँधै गरिरहने बताउनुभयो ।

विद्यालयका प्रअ नारायण जंग थापाले मानसिंह धर्म महर्जनको असामयिक निधनले विद्यालयलाई क्षति पुगेको बताउनुभयो । हामीहरु सबैको अभिभावकलाई आज गुमाउनुपर्दा विद्यालयलाई स्तब्ध तुल्याएको बताउनुभयो । मानसिंक महर्जनकले विद्यालयलाई गरेको योगदानलाई सँधै सम्झिरहने बताउनुभयो । विद्यालयलाई राम्रो बनाउन ल्याउनु भएको योजनाहरुलाई पुरा गर्ने प्रतिवद्धता समेत जाहेर गर्नुभयो । उहााको सपनालाई साकार पार्न विद्यालय सँधै लागिरहनेछ ।

त्यस्तै कक्षा १० का छात्रा सम्झना तामाङले मानसिंह धर्म महर्जनले विद्यालयमा आउँदा जहिले पनि कक्षा कोठामा गएर विद्यार्थीहरुलाई पढाई कस्तो भइरहेको छ भन्दै सोधेर चकलेट बाँड्नी गरेको स्मरण गरेकी थिइन । कक्षामा छिर्ने वित्तिकै जय सचितानन्द भन्नुहुन्थ्यो । त्यस्तै विद्यालयका पूर्व विद्यार्थी रन्जित कुँवरले श्रद्धाञ्जली दिँदै मानसिंह धर्म महर्जन बाजे सँधैका लागि अमर बनेका छन् । हिजो उहाँले विद्यालय स्थापना नगरेका भए मनमैजु क्षेत्रमा यो विद्यालय नहुने बताएका थिए ।

कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष कुमार थापाले सुरुमा मानसिंह धर्म महर्जनले १ लाख नगद सहयोग गरेर विद्यालय निर्माण गर्न लगाएका थिए । पछि मानसिंहले धर्म गरेको हुनाले विद्यालयको नामपनि मानसिंह धर्म राखिएको बताएका थिए । सुरुका दिनमा उक्त स्थानमा सहिद प्रतिष्ठान बनाउने भनिएको थियो । आउँदो फागुन ४ गते विद्यालयको प्राङ्गणमा विशेष कार्यक्रम गरेर मानसिंह महर्जनको अर्धकदको सालिक राख्ने बताउनुभयो ।

Must View