नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य आकाश अधिकारीकोे सभापतित्वमा गठित चलचित्र तथा मनोरञ्जन फोरम विस्तार
काठमाडौं, १४ माघ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य आकाश अधिकारीकोे सभापतित्वमा गठित चलचित्र तथा मनोरञ्जन फोरम विस्तार भएको छ । फोरमका सह–सभापतिहरूमा नेपाल चलचित्र संघका मधुसुदन प्रधान र नेपाल संगित उद्योग संघका अध्यक्ष सूर्य बहादुर मगर चुनिएका छन् ।
फोरमका सदस्यहरूमा नेपाल विज्ञापन संघका निवर्तमान अध्यक्ष रविन्द्र कुमार रिजाल शशी, नेपाल कलाकार संघका कोषाध्यक्ष सुनिल कटुवाल, चलचित्र निर्देशक मदन घिमिरे, नेपाल चलचित्र निर्माता संघका सचिव छविराज ओझा, संगित तथा चलचित्र उत्पादक समाजका अध्यक्ष निर्मल ढकाल, प्रस्तोता समाजका निवर्तमान अध्यक्ष तुलसी पराजुली छन् ।
यस्तै फोरममा आमन्त्रित सदस्यहरूमा नेपाल बोटल वाटर इण्डष्ट्रिज एशोसिएसनका अध्यक्ष सुभाष भण्डारी, चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राणा, गायिका इन्दिरा जोशी, नायिका नीता ढुंगाना, हास्यकलाकार केदार घिमिरे, चलचित्र नृत्यकार संघका निवर्तमान अध्यक्ष दिनेश प्राखिन, लोक गायिका प्रस्तोता मञ्जु पौडेल, रचना श्रेष्ठ, चलचित्र निर्देशक प्रदीप श्रेष्ठ, लेखक एवं पत्रकार सामिप्त तिमल्सिना, कलाकार धर्मेन्द्र आचार्य, नायिका पवित्रा आचार्य, कलाकार, लेखक दिप्त प्रकाश अधिकारी, नेपाल उल फेल्ट प्रड्युसर एण्ड एक्सपोर्टका अध्यक्ष अमृत खड्का, चलचित्र सम्पादक शिव पुरी, व्यवसायी खुशल रेग्मी, गीतकार लोकराज अधिकारी, गायक मेघराज मगराती, कलाकार सुशान्तकुमार श्रेष्ठ, नेपाल चलचित्र निर्माता संघका सदस्य चेतन सापकोटा र फुटवेयर एसोसिएनबाट राजन श्रेष्ठ छन् ।
सल्लाहकारहरूमा वरिष्ठ कलाकार एवं महासंघको कार्यकारिणी समितिका पूर्व सदस्य निर विक्रम शाह, गीतकार एवं वरिष्ठ चिकित्सक डा. भोला रिजाल, प्राध्यापक एवं चलचित्र निर्देशक राजेन्द्र सलभ, महासंघको पूर्व कार्यकारिणी समिति सदस्यद्वय कमला श्रेष्ठ र प्रेमाराज्य लक्ष्मी सिंह रहेको महासंघले जनाएको छ।